Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालिञ्चोकमा पनि लूट

काठमाडौं । भन्न सकिँदैन नेपालका कम्युनिष्टहरूको नाफाको खेती र तिनको ऐयेसी जीवन । सर्वहारा वर्गको मुक्तिका लागि भनेको छ । आफ्ना छोराछोरी विदेश पढाएर गरिबका छोराछोरीलाई पछि लगाएको छ । जनताले त्यो पवित्रता र सौहार्दता देख्छ । कला, संस्कृति सभ्यता बचाउँछन् । तर राजनीति गर्नेको स्वार्थको खेती एकाएक चम्कन्छ । चाहे पाथीभरा केबलकार होस् वा मौलाकालिका केबलकार वा कालिञ्चोक भगवातीको केबलकार । लगानीकर्ताले त्यस्तो ठाउँमा ओगट्ने जमिन सार्वजनिक सम्पत्ति हुन्छ । सरकारमा पुगेकाहरू त्यसलाई आफ्नो कमाईको खेती बनाउँछन् । लगानी भइसक्यो लगानीकर्तालाई ट्य्रापमा पारेर घुस हजम गर्ने ठूलै नेताका विश्वासपात्र हुन्छन् ।
पाथीभरा केबलकारमा एमालेका उपमहासचिव योगेश भट्टराईको सहभागिताका बारेमा प्रश्न उठाइयो । विरोधीहरूले त्यहाँ भरिया बनेर जीवन निर्वाह गर्नेहरूको बारेमा चिन्ता देखाए । कतिले धार्मिक आस्थाका कुरा गरे । तर विवाद स्थानीय र लगानीकर्ता सरोकार पक्षबीच कुरा मिल्यो काम शुरु भयो । विरोधी टोली हरायो । अहिले दोलखा जिल्लाको कालिञ्चोक केबलकारको प्रसंग एमाले अध्यक्ष केपी ओलीलाई मामा भन्ने दोलखाका बाकृष्ण शिवाकोटी, स्वकीय सचिव भष्मासुर राजेश बज्राचार्य र इन्द्रप्रसाद भण्डारीसँग जोडिएको छ । शिवाकोटीको लगानीको त्यो केबलकारले गौरीशंकर संरक्षणको २ हजार रोपनी जग्गा कब्जा गरेको छ । केबलकारको दूरीअनुसार टिकट शुल्क महंगो हुनु एउटा पक्ष हो । तर सरकारी सम्पत्ति बालकृष्णलाई दिँदा सत्ताका नायकहरूले अवश्य हात चाटेको हुनुपर्छ । केबलकार निर्माण गर्दा त्यहाँ विवाद थिएन ।
स्थानीय सरकार पनि एमालेकै भएका कारण केबलकार बन्नु पूर्वको सरकारी झन्झट दोलखामा भएन तर बालकृष्ण शिवाकोटीको लगानीबाट प्राप्त आम्दानीको राजश्व स्थानीय सरकारले कति पाउँछ ? कति स्थानीयले रोजगारी पाए भन्ने प्रश्न महत्वपूर्ण छ । शिवाकोटी तीनकुनेको काठ गोदामका मालिक हुन् । उनी एमालेको कार्यकर्ता मात्र होइन अध्यक्ष ओलीसँग निकट व्यवसायी पनि हुन् । कालिञ्चोक दर्शन प्रालि उनको लगानीको कम्पनी हो । ओली नेतृत्वमा सरकार भएकै बेला थामसेर्कु र यति समूहले नेपाल ट्रष्टको जमिन दरबारमार्गदेखि सगरमाथा राष्ट्रिय निकुञ्जसम्म कब्जा गरेकै छ । खाली जग्गा देख्नै नसक्ने एमालेले आफ्नै पार्टीका नेता विष्णु पौडेल, प्रदीप ज्ञवालीलाई रुपन्देहीको शान्ति नगरमा सुकुम्बासीका रुपमा जग्गा बाँडेको हो । धन्न कालिञ्चोकको हिउ क्षेत्र र सगरमाथा बाँडेको छैन ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल