Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हावाका योजना र भ्यू टावर बनाएर राज्यको अरवौं खर्च गरेर उपलब्धी शुन्य भएको त्यो तितो यस पटक पनि झुल्किएको छ । सरकार बन्नका लागि बनेको छ । सल्लाहकार र विज्ञको भिडले राज्य श्रोत लुटेकै छन् । देशले ५४ अर्ब ५३ करोड ओली सरकार बनेपछि यो अवधिमा घाटा खाएको छ । प्रधानमन्त्री आफू घुस लिने राज्यको राजश्व बढ्न नदिने एक सूत्रीय योजनामा छन् । जनता कालो बजार, माफियाकरण र विचौलियाको सेवक भएको छ । नेकपा एमालेका नेता, कार्यकर्तालाई कालो बजार, भ्रष्टाचार र बेथितिले छोएको छैन । किनकि प्रधानमन्त्री केपी ओली उनको मण्डलीले मस्ती गरेकै छन् । यो सरकार कसका लागि बन्यो, के उद्देश्यले बन्यो, सरकारले के गर्दैछ, देशको अर्थनीति कस्तो छ ? सबैलाई थाहा छ । प्रधानमन्त्री केपी ओली जस्तो कपटी विचारमा छुद्रता व्यवहारमा दुष्टता पहिचान हो । काँग्रेसले जनताको सेवा गर्दैन । भ्रष्टाचारी बचाउने सहकारी ठग जोगाउने काँग्रेसको मुल धर्म भएकाले कालो बजार काँग्रेसलाई चासो छैन । डा. आरजुलाई बचाउन पाए सभापति शेरबहादुर देउवालाई पुगेको छ । आफू कम बोल्ने गर्नु पर्ने काम श्रीमती डा. आरजु मार्फत् गराउने शेरबहादुर देउवा अहिले केपी ओलीबाट सन्तुष्ट छन् । किनकि छैठौं पटक प्रम बन्ने देउवाको रहर पूरा हुन केपी ओलीकै राज्य लुटको समर्थन गर्न पर्दैन । ओली शासन आफ्नालाई स्वर्ग अरुका लागि काल बन्दैछ । किनकि केपी ओलीका दर्जन अपराध यस पटक पनि उब्जेका छन् । मुलुक बाढी पहिरोले पीडित छ । जनता कालो बजार र भ्रष्टाचारमा ग्रस्त समाजबाट प्रताडित छ । प्रधानमन्त्री जस्ता छन् समाज त्यस्तै बन्दैछ । कथित जान्नेलाई छान्ने अभियानको नयाँ अनुहार रास्वपा जस्ता ठग र भ्रष्टमा पनि हसिलो बनेका छन् । पार्टी कार्यकर्तालाई गुटको आधारमा मौका दिने र मनपरी गर्न सहज भएको छ । राजकीय सत्ता गुटको आधारमा फाइदा लिने जनताको दैनिकीलाई लात हान्ने एमालेको चरित्र यस पटक झन् छर्लङ्ग भएको छ । जनतालाई केही गर्न परेन भए जति सबै एक्लै हजम गरे पनि काँग्रेस बोल्दैन, विपक्षीले कोलाहल मच्चाएपछि प्रधानमन्त्री आफैं आतंकित भएका छन् । जनताका अगाडि ७० प्रतिशत काम गरेको दाबी गरेका प्रधानमन्त्रीको सुशासन र समृद्धि कथामा परिणत भएको छ ? ओली गुटकै महासचिव शंकर पोखरेल बाहेक कसैले फेला पार्न सकेका छैनन् । पोखरेलले पार्टीका प्रदेश प्रमुखको छनोट मुख्यमन्त्रीको छनोट आफ्नै टिममा केन्द्रीत छ । देशको अवस्था गिर्दैछ । संघीयता, गणतन्त्र, समावेशीताका मुद्दा ओझेलमा पार्दै व्यवस्थामाथि नै आक्रोश थपिँदो छ । एमाले जस्तो अवसरवादी पार्टीबाट जनता र राष्ट्रका हितमा काम हुँदैन । सार्वजनिक जमिन कब्जा गर्ने आफ्नालाई बाँड्ने प्रधानमन्त्री केपीको शासकीय स्वार्थ जोडिएको छ । आफ्नै स्वार्थ पूरा गर्दा प्रधानमन्त्री आतंकित भएका हुन् । प्रधानमन्त्री केपी ओलीले के गरे के गर्दैछन् जनताले छर्लङ्ग देख्यो । बजेट टाट छ, राजश्व प्रधानमन्त्रीको पोल्टामा पुगेको छ । विद्युत नियमन आयोग जस्ता संस्था विद्युत महसुल उठाउ भन्छ प्रधानमन्त्री सिमेन्ट र २३ उद्योगका मालिकलाई महसुल नतिर भन्छन् । नक्कली भुटानी शरणार्थी, बासबारी, गिरिबन्धु, सुन तस्करी, ओम्नी, थामसेर्कु जस्ता मात्र होइनन् टेरामक्स काण्ड समेत ओली सरकारको मुल सम्पत्ति भएको छ । कम्युनिष्टका लागि लाजको पसारो यो भन्दा अरु छैन । नेपालमा अब केपी ओलीको आग्रह आदेश अनुरोध समेत अपच भएको छ । त्यही कारण २ तिहाई सरकार आतंकित छ ।
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल