Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन गर्नु भ्रष्टाचार विरुद्धको नौटंकी ?

काठमाडौं । यहाँ आफूलाई भ्रष्टाचार विरोधी र अरुलाई भ्रष्ट देखाउने प्रयास सबै राजनीतिक दल लागेका छन् । तर जोखेर हेर्ने हो भने अपराधमा सबैको कुरा मिल्छ, खानेबेलामा सँगै खान्छन् तर चुढ्न बाहिर निस्कँदा झगडाको नाटक मञ्चन गर्छन् । इलेक्ट्रिक सिग्रेट भेपको ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कागज गरेर छाडिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले उनका छोरा राहुललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर सुन छुटाउन फोन गरेर दबाब दिएका बाबु कृष्णबहादुर महरालाई भने प्रतिवादी नबनाउने भएको हो। प्रतिवादी नबनाउनकै लागि सीआईबीले उनको कागज मात्रै गराएर छाडेको हो। यसअघि कृष्णबहादुर महराका बाबु छोराकै संलग्नता देखिएको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले उनीहरुसँग कागज समेत गरेको थिएन। सीआईबीको अनुसन्धान प्रतिवेदनमै महराबाबु छोराको चिनियाँ तस्करसँग सिधा टेलिफोन सम्पर्क देखिएको र भन्सारमा सुनसहितको भेप रोकिएपछि छुटाउन समेत दबाब दिएको प्रतिवादीको बयान समेत संलग्न गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनमा उनीहरुको संलग्नता रहेको भन्ने उल्लेख भएसँगै महराबाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआईबीलाई दबाब परेको थियो। तर छोरा राहुललाई भदौ १३ गते पक्राउ गरे पनि बाबुमाथि भने कुनै अनुसन्धान नगरी कागज मात्रै गराइएको हो।

के हो त भेप काण्ड ?
चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सार कार्यालयले गत पुसमा समातेको थियो। तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए। भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिको दबाब लगाएको खुलेको छ। जसमा महराका बाबुछोरा समेत जोडिएका हुन्। चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको छ। महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ। जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको छ। सुन ल्याउने समूह, भन्सारबाट सुन चोर्ने समूह र सुन बेच्ने समूहका छुट्टाछुट्टै तीनवटा चार्ट अदालतमा पुगेको छ। महराका बाबुछोराको कनेक्सन सुन ल्याउने र सुन बेच्ने समूहसँग देखिएको छ। सुन ल्याउने समूहको कनेक्सनमा ८ जना देखिएका छन्। जसमा महराका बाबुछोरासँगै दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपानेको कनेक्सन रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। न्यौपानेमार्फत भन्सारबाट सुन चोरेर बेच्ने समूहसम्म कनेक्सन पुगेको छ। दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दिपेश बस्नेत, गोपाल सुवेदी, विश्वराम खड्काको कनेक्सन देखिएको छ। कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका छन्। भन्सार अधिकृत श्रेष्ठलाई भेट्न सुरुमा श्यामसुन्दर साह पुगेका थिए। इलेक्ट्रिक सिगरेट जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको भन्दै राजस्व दाखिला गरी जाँचपास गरिदिनु पर्यो भनी अनुरोध गरेका थिए। तर अधिकृत श्रेष्ठले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको बताएका छन्। उनी फर्किएको केही समयपछि कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको श्रेष्ठको बयान छ। यही विषयमा कृष्णबहादुरका छोरा राहुलले पनि फोन गरेर जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलाम प्रक्रियाबारे सोधेको श्रेष्ठले बयान दिएका छन्।


सम्बन्धित समाचार