Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन देखेनन् देउवाले चुनावको विकल्प

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कुप्रति भित्रभित्रै समर्थन गरे पनि बाहिरी रुपमा देखाउने गरी विरोध गरिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा बस्नै नसक्ने बनाइदिने चेतावनी दिएका छन् । उनले अदालतले संसद पुनःस्थापना नगरेमा वैशाखमा चुनावको विकल्प नभएको बताए ।
वैशाखमा चुनाव गराउन नसके ओलीलाई देशमै बस्न नसक्ने गरी काँग्रेसले धक्का दिन्छ, पर्वतमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभामा सहभागी हुन पुगेका देउवाले भने । उनले अदालतको फैसला पर्खेको र त्यसपछि काँग्रेसले थप निर्णय लिने बताए । अदालतलाई बहालवाला प्रधानमन्त्रीले निर्देशन नमिल्ने देउवाको भनाई थियो । उनले अदालतलाई नधम्क्याउन चेतावनी दिए । संविधानको व्याख्या अदालतले गर्ने, विज्ञ र वकिलहरुले त्यसबारे बहस गर्ने भन्दै प्रभावित नपार्न आग्रह गरे । विगतमा ओलीलाई भोट दिएर जिताउनेहरु अहिले पछुताइरहेको देउवाको टिप्पणी थियो ।