Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको टिमले पार्टी सत्ता र राज्य सत्ता प्रत्येक स्थानमा पार्टीका नेताको भाउ नराख्दा पनि ओलीबाट पेलिएका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल किन एक हुँदैनन् ? वामदेव गौतमका लागि ओलीले पार्टीको विधान परिवर्तन गरे । ओलीको कहर काट्नु भन्दा शरण लिन ठिक ठानेका वामदेवलाई बर्दियाबाट चुनाव हराउने अरु होइनन् ।
नेकपामा विचार र सिद्धान्तको लडाई छैन । केबल पार्टी सत्ता र राजकीय सत्तामा ओलीको एकलौटी छ । कुनै पनि विषयमा नेताहरुबीच बहस हुँदैन । ९ सदस्यीय सचिवालयमा ६ जना पूर्व एमाले नै छन् । विष्णु पौडेल र ईश्वर पोखरेल पदका लागि रातारात गुट फेर्ने गर्दछन् । भर नभएका पौडेल बालुवाटार जग्गा काण्ड चम्काउने माफिया हुन् । ईश्वर थामसेर्कु काण्डले उदांगिएका व्यक्ति हुन् ।
सुकुम्कासीका नाममा बुटवलमा घडेरी पाएको नेता एकाएक ललित निवास काण्डमा अतिक्रमणको नाइके भए । यिनले विवादास्पद चरित्रलाई लुम्बिनी विकास कोषको सदस्यसचिव बनाउँदा व्यापक विरोध भयो । प्रधानमन्त्रीले निर्णय सुधारे । झलनाथ खनाललाई ओलीले स्थान दिँदैनन् । खनाल र माधवको वरियता विवाद चर्काउने काम ओलीले विचार पु¥याउन नसक्दा भएको हो । गुटकै कुरा गर्ने हो भने तल्लो लेभलमा माधव पक्ष बलियो छ ।
यतिखेर ओली गुटको मनपरी प्रदेश सरकारका मुख्यमन्त्री पनि उनकै दलालहरु हुनु हो । कम्युनिष्ट पार्टीले अवसर नपाएसम्म जनसेवक भएको देखाउँछ जब ठाउँ पाउाछ त्यो बेला जनताको तत्कालिन आवश्यकता पनि भुल्छ भन्ने सिद्ध भएको बेला छ । यो बेला माधवले प्रचण्डलाई अविश्वास गर्ने प्रचण्डले माधवलाई अविश्वास गर्ने किन भयो ? वामदेव लाग्दै लाग्दैनन् लागेपछि छाड्दैनन् ।
अलिहे नेकपाको एकता महाधिवेशनसम्मका लागि राज्यसत्ता र पार्टी सहमतिका आधारमा सञ्चालन गर्नु पर्ने आवश्यकता छ । तर पार्टी प्रधानमन्त्री ओलीले त्यो हेरेका छैनन् । उनी राजनीतिमा अराजक व्यवहारमा घमण्डी चिन्तनमा गुटबन्दी स्वभावमा कठोर छन् भन्ने कुरा दोस्रो कार्यकाल सरकार प्रमुख हुँदा देखियो । अपराधी, गुण्डा, भ्रष्टाचारी ओलीकै शरणमा छन् । पार्टीमा छुद्रहरु ओलीकै टिममा छन् ।
ओलीले गरेका राजनीतिक नियुक्तिहरु पनि विवादित छन् । उनीसँगै झापा आन्दोलनमा जेल परेका मोहनचन्द्र अधिकारीको खोजी छैन । तर राजनीतिक चिन्तनहिन, चरित्रहिन मण्डले स्वाभावकी कोमल ओलीलाई सांसद बनाइनु नै नेता ओलीको स्वभाव छर्लङ्ग हुनु हो । यो यथार्थता ओलीबाट पेलिएकाहरुले जबसम्म बुझ्ने प्रयास गर्दैनन् तबसम्म नेकपाको हित हुँदैन ।
सपना देख्नुपर्छ योजना बन्नुपर्छ । तर देशको यथास्थितिको ख्याल गरिँदैन भने त्यस्तो सपनाको अर्थ हुँदैन । कम्युनिष्ट पार्टीले वर्गीयता त्यागेको छ । सिद्धान्तलाई सत्ता लुट बनाएको छ व्यवहार सामन्ती भएको छ । सर्वहारा वर्ग श्रमिक वर्गको हित छाडेको छ । जब श्रमको मूल्य हेरिँदैन त्यस बखत पार्टीका दस्तावेजको चिरहरण हुन्छ । त्यस्तो व्यवहार चिन्तनले समाजवादी लक्ष्य पूरा हुँदैन । यो सत्य प्रचण्ड, माधव, झलनाथले बुझेका छन् कि छैनन् ? राष्ट्रिय स्वाभिमान र आत्म गौरवको कुरा केबल भाषणका बेला दर्शाउने हो कि समयको आवश्यकतालाई स्वीकार्ने हो ? खोई नेताले ध्यान दिएको ?
नेतृत्वले अवसरका बेला एकले अर्काको शंका गरेर अगाडि बढ्न सकिँदैन । किन लिनुप¥यो कम्युनिष्ट नेताहरुले अनावश्यक सुरक्षाा भीड ! सुहाउँदो पदीय मर्यादाअनुसार लिन सकिन्छ । अपराधी र भ्रष्टलाई समाजको डर हुन्छ, सज्जन देशभक्तलाई सुरक्षा चाहिँदैन । नेतृत्वले पार्टी एकता गर्दाको समझदारी र लिखत किन हेर्दैन ? कतिपय कुरा स्व. मदन भण्डारीले स्व. मनमोहनको पार्टी मिलाउँदा अपनाएको व्यवहार स्मरण गर्न सकिन्छ । तर एमाले पक्षका नेतामा दम्ब छ विवाद देखिएको कारण नै दम्ब र अहंकार हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल