Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन यति आक्रामक बन्न खोज्दैछन् प्रचण्ड

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधिन संसद विघटनको मुद्दामा अदालतले सरकारको बचाउ गर्ने सकेत देखिएपछि संसद पुनस्र्थापनाको माग गर्दै आएको नेकपा नेपाल दालहा समूहले आन्दोलनलाई आक्रामक बनाउने तयारी थालेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिएका छन् । उनले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई जधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिएका हुन् । सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ, प्रचण्डले भने,‘किन किन के चिलाएको हो ।

टाउको चिलाएको छ, लाठी खान मन छ योपटक । उनले विगतमा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका क्रममा लाठी खाएको स्मरण गर्दै आफू पनि तयार भएको बताए । उनले युवाविद्यार्थीलाई अझै कडा रुपमा प्रस्तुत हुन भने । आन्दोलन साकाहारीले मात्र नपुग्ने बताए । उनले अबको आन्दोलन हिंसात्मक हुनसक्ने संकेत गरे । माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्न लाग्दा प्रचण्डको आक्रामक अभिव्यक्ति आएको छ । यसले अबको आन्दोलन हिंसात्मक हुने संकेत समेत गरेको छ ।