Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन यसरी रन्किए प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएका राम्रा कामको चर्चा नगरिदिए पनि हुने बताउँदै आफूभित्रको असन्तुष्टि व्यक्त गरेका छन् । श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’ सत्ता पक्ष र प्रतिपक्ष मिलेर देश विकासमा लाग्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले भने, ‘स्वभाविक हो, अहिले कोही सत्तापक्ष छ, कोही प्रतिपक्षमा छ । छलफल गरौं । देश विकासको काममा सँगै जाऔं ।’ जो सत्तामा आए पनि उसले गरिबीसँग जुध्नैपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे ।
रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि जीवनउपयोगी शिक्षा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । साथै कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नैपर्नेमा उनले जोड दिए । ‘कृषि प्रणाली पुरानो छ । बारीमा करेला फल्छ, अदुवा फल्छ तर आफूले खाएर बढी भएको बजारमा लैजान सक्ने अवस्था छैन । चार बोट सुन्तला लगाएर विदेश निर्यात गर्न सकिँदैन । अब कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ ।’ उनले भने, ‘सम्मानजनक काम र न्युनतम पारिश्रमिकको व्यवस्था गरियो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो भएको छ । शैक्षिक प्रमाणपत्र समस्या होइन, समाधान बन्नुपर्छ । शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनुपर्छ ।’
देशको विकास गर्न काम गर्नुपर्ने, तर काम गर्ने इमान्दार नेपाली जनशक्ति विदेश जाने गरेको उनले बताए । स्वदेशमै अवसर हुँदाहुँदै पनि नेपालीहरु विदेशिने गरेको उनको भनाइ छ । नेपालीहरु काम गर्न रुचि राख्छन्, इमान्दार छन्, त्यही भएर विदेशी रोजगारदाताले पनि बोलाउँछन्,’ प्रधानमन्त्री ओलीले भने, अहिले दुईटा कुरा मिलेको छैन– विकास गर्नलाई काम गर्नुपर्छ, त्यसको लागि काम छैन, जब हामी काम गर्न लाग्छौं, तब जनशक्ति हुँदैन ।’ प्रधानमन्त्री ओलीले अहिले चर्चा भएजस्तो बेरोजगारीको अवस्था नरहेको दाबीसमेत गरे । अहिले युवा जनसंख्याको बाहुल्य छ । बेरोजगारको जुन चर्चा छ, त्यो वास्तविक होइन । जमिन छ तर बाँझै छ, काम गर्ने मान्छे पनि छ, तर मान्छेले काम गर्दैन, उनले भने । नेपालमा सम्भावना धेरै भएको चर्चा प्रधानमन्त्री ओलीले गरे । चाँगुनारायण मन्दिरको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सबैभन्दा पुरानो मन्दिर खोज्न नेपालमै आउनुपर्छ । चाँगुनारायण १८ सय वर्षदेखि डाँडामा बसेर हेरिराछ, पेरिस कसरी उठ्यो भन्ने पनि यसले हे¥यो, लण्डन कसरी उठ्यो भन्ने पनि यसले र्हेयो । कोलम्बसले कसरी अमेरिका पत्ता लगाए भनेर हेरेर पनि चाँगुनारायण मुस्कारायो । यो हाम्रो सम्पदा हो, यो हाम्रो सम्पत्ति हो ।’ उनले भने, हामीले हिमालय क्षेत्रको पानीलाई साँच्चिकै मिनरल वाटर बनाएर बेच्न सक्छौं । यार्सा खाँदै हुर्किएको चौरीको दूध बेच्न सक्छौं, यार्सा खाँदै हुर्किएको च्यांग्राको मासु बेच्न सक्छौं ।


सम्बन्धित समाचार