Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिट अभियोगमा रामाकान्त पक्राउ

सप्तरी । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा डाक्नेश्वरी नगरपालिका ४ भुतही बस्ने ४८ वर्षीय रामाकान्त रामलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय सौगबिर रामसँग काठको विषयमा विवाद हुँदा रामकान्त र उनको छोरा प्रदिप रामले सौगबीरलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरीले रामाकान्तलाई पक्राउ गरेको हो । घाइते भएका सौगबीरलाई उपचारका लागि राजबिराजतर्फ पठाइएको छ ।
घटनामा संलग्न फरार प्रदिपको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार