Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन दललाई कति मन्त्रालयको भागवण्डा ?

काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो। सोमबार माघ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको हो। दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्। त्यस्तै, नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। यस्तै माओवादीले अब ४ मन्त्रालय पाएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो। राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि ३ मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन।