Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन निणर्यले सेना सडकमा आयो ?

काठमाण्डौ । यसो देशमा लोकतन्त्रको नाउँमा सैनिक तन्त्र चलाउने तयारीमा सरकार रहेको छ की कसो हो सुरक्षा परिषदको बैठक बसेको पनि छैन मन्त्री परिषदले निर्णय गरेको पनि छैन तर सडकमा नेपाली सेना उपस्थित भएको छ । जिल्ला प्रसासन कार्यलय लाई समेत जानकारी नभएको यो विचित्रको सुरक्षा संयन्त्र कम्यिुष्ट पाटीको कुन सिद्धान्त भित्र परेको होला रक्षा मन्त्री इश्वर पोखरेल नै जानुन । सर्वसाधारणले लक डाउनको बेला सैनिक पोषक संग मिल्दो जुल्दो पोसाक लगाएर हिड्न थालेपछि नेपाली सेनाले आफ्नो इज्जत ढाक्न राजधानीको सडक र चोकहरुमा ट्राफिक प्रहरी, शसस्त्र प्रहरी, र नेपाल प्रहरीको सामुन्ने सवारी पास नभएका सवारी साधनलाई रोक्ने र सोधपुछ गर्ने गरेको देखियो । सरकार आफ्नै निणर्य आफै तोड्न कती सफल छ भन्ने कुरा उसका नितीगत निणर्यहरुले पनि छर्लग्ग बनाउँछन् । सिमा सुरक्षामा चासो नदिने रक्षा मन्त्रालय अन्तरगतको नेपाली सेना राजधानीका सडकमा जसरी देखिन थालेको छ त्यसरी नै देशको सिमा सुरक्षामा देखिएको भए निणर्य नहुदै सडकमा प्रर्दशन हुदाँ विवादमा पर्ने थिएन ।


सम्बन्धित समाचार