Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी बैङ्क र नेपाल ग्याँसबीच सहकार्य

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र देशकै पहिलो एलपी ग्याँस आयातकर्ता एवं बिक्रेता कम्पनी, नेपाल ग्याँस इन्डष्ट्रिज प्राइभेट लिमिटेडबीच आय सङ्कलन सुविधासम्बन्धी सहकार्य भएको छ । सो सहकार्यपश्चात् नेपाल ग्याँसका वितरकहरूले आफ्नो आम्दानी कुमारी बैङ्कको क्यूआर पेमेन्ट प्रणालीमार्फत् आफ्नो बैङ्क खातामा सहजरूपमा सङ्कलन गर्न सक्ने छन् । सो सम्झौता पत्रमा कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस इन्डष्ट्रिजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सहकार्यपश्चात् नेपाल ग्याँसका आधिकारिक बिक्रेताहरूका लागि कुमारी बैङ्क लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सोपश्चात् कुमारी बैङ्कका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा रू. ५० सम्मको क्यास व्याक प्राप्त गर्न सक्ने छन् ।
ग्याँस सिलिन्डर खरिद–बिक्रीको भुक्तानी कुमारी बैङ्कको क्यूआर पेमेन्ट प्रणालीमार्फत् भएको खण्डमा मात्र उक्त क्यास व्याक सुविधा लागू हुनेछ । यसै गरी कुमारी बैङ्कले नेपाल ग्याँसका बितरकहरूलाई क्यूआर पेमेन्ट प्रणालीलगायत बचतको बानी तथा बैङ्क खाता सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यास व्याक सुविधा सम्झौता कार्तिक १ गते देखि लागू हुनेछ । आफूलाई समसामयिक प्रविधिको अग्रणी तथा द्रुत अनुकरण गर्न सफल कुमारी बैङ्कले आफ्ना देशभर रहेका १०७ शाखा सञ्जाल, ९४ एटीएम, तीन एक्सटेन्सन काउन्टर तथा आठ शाखारहित बैङ्किङ इकाईहरूमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको बैङ्कले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।


सम्बन्धित समाचार

एमाले प्रमुख सचेतकमा महर

२०८३ बैशाख ११

ताजा नेपाल

कर्मचारीलाई वैदेशिक भ्रमणमा रोक

२०८३ बैशाख ११

ताजा नेपाल