Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशमा धर्मनिरपेक्षता घोषणा भएपछि हिन्दु धर्मको संरक्षक बनेर मठमन्दिर घुमेका पूर्व राजा ज्ञानेन्द्र भारतको हरिद्वार र ऋषीकेशमा आयोजित कम्ब मेलामा सहभागी भई स्वदेश फर्कन साथ कोरोना भाइरस संक्रमणको चपेतामा परेका छन् । पूर्वराजा ज्ञानेन्द्रसँगै गएका उनका सचिवहरुमा पनि कोरोना पुष्टि भएको छ भने पूर्वरानी कोमल शाहलाई नर्भिक अस्पतालको आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।कोमलमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन नर्भिक अस्पतालले जनाए अनुसार कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार भइरहेको छ । अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जानकारी दिएको छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल