Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमान जोगाउन कस्सीएका पूर्णबहादुरको यात्रा अपूर्ण

काठमाडौं र ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई गत चैत २९ मा २४ घण्टे स्पष्टीकरण सोधे । ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि राज्यमन्त्री तामाङले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका थिए । सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको मञ्चमा पटकपटक बोलाउँदासमेत सचिव उपस्थित नभएको भन्दै राज्यमन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ सचिव आचार्यले कहिल्यै दिएनन् ।तर, सचिवलाई स्पष्टीकरण सोधेका उनै राज्यमन्त्री तामाङले बुधबार पदबाट हात धुनुपरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवाकै निकटमध्ये एक उनी ऊर्जामन्त्री र सचिव दुवैसँग भिड्न थालेपछि पद गुमाउन पुगेका हुन् । उनै तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेपछि योसम्मको समस्या आउन सक्ने आँकलन गरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता हुँदा तामाङ कतै देखिएका थिएनन् । ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका भारतीय विद्युत्मन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको थियो। दुई देशबीचका मन्त्रीको उपस्थितिमा काठमाडौं र संखुवासभामा विभिन्न कार्यक्रम हुँदा पनि तामाङ भूमिकाविहीन थिए
नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमै ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन जोडबल गरेका थिए । नभन्दै, पटक पटकको स्पष्टीकरणपछि सरकारले गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकमार्फत् घिसिङलाई सरकारले बर्खास्त गर्‍यो । घिसिङलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । यो निर्णयमा पनि तामाङले आपत्ति जनाएका थिए । उनै तामाङले सार्वजनिक रुपमै कुलमानको बचाउ गरिरहेका थिए । गत फागुन ११ गते सार्वजनिक रुपमै उनले कुलमानलाई स्पष्टीकरण सोध्ने ऊर्जामन्त्री खड्काको कदमको खुलेर विरोध गरेका थिए । तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने कुरा उनले संसद् भवन परिसरमै फागुन ११ मा बताएका थिए ।


सम्बन्धित समाचार