Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानले मन्त्रिपरिषद्को निर्णय नमान्ने

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सुरु भएको छ । बैठकमा डेडिकेटेड तथा ट्रंक लाइन विवादमा यसअघि काटिएको उद्योगहरुको लाइन जोड्नेसम्बन्धी प्रमुख एजेण्डा रहेको छ ।

तर, बैठकको सुरुमै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुको लाइन जोड्नेबारे फरक मत राखेका छन् । उनले प्राधिकरणले कानुनअनुसार नै बिजुलीको लाइन काटेकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।
ऊर्जा मन्त्री दीपक खड्काको अध्यक्षतामा सुरु भएको बैठकमा सञ्चालक समितिका दुई सदस्य भने अनुपस्थित भएको मन्त्रालय निकट स्रोतले जनाएको छ
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले काटिएका उद्योगहरुको लाइन सोमबार जोड्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयमा बैठक बसेपनि कुलमानले असन्तुष्टि जनाएका हुन्


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल