Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुवेतले हटायो नेपालसहित ३४ देशमाथिको प्रतिबन्ध

दोहा । कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ । कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध गरेको छ । महामारीपछि कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सूचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुदैँ १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् ।
यसरी कुवेत पुग्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने गरेको नेपाली कामदारहरुले बताएका छन् । कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत हुनेछ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।
यसैबीच, त्यहाँका ट्राभल अफिस र होटेल क्षेत्रका व्यक्तिहरुले प्रत्यक्ष उडानलाई अनुमति दिने कदमलाई स्वागत गरेका छन् । उनीहरूले क्वारेन्टाइनको अवधि पनि १४ दिनको सट्टा ७ दिन मात्र राख्न पनि आग्रह गरेको अरब टाइम्सले उल्लेख गरेको छ । यसघि कुवेतले कोरोनाका नेपालसहित ३४ देशलाई सिधा उडानमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध नलगाएको देशमा १४ दिन क्वारेन्टाइन बसेका कामदारलाई मात्रै प्रवेश अनुमति दिएको थियो ।


सम्बन्धित समाचार