Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पुर्ण बैंकिङ कारोवार कृषि विकास बैंकमार्फत् गर्ने भएको छ । यस सम्वन्धमा बिहीबार दुबै संस्थाबीच सम्झौता भएको हो ।
साझा स्वास्थ्य सेवाका महाप्रवन्धक चुडामणि भण्डारी र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसहित उच्चपदस्त कर्मचारीहरुको उपस्थितिमासम्झौता भएको हो ।
सम्झौतापत्र आदानप्रदान गर्दै साझा स्वास्थ्य सेवाका महाप्रवन्धक भण्डारीले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वाभाविक रुपमा दुबैलाई मिल्छ । सरकारी संस्थाहरुबीच बैंकिङ सेवालगायत अन्य पुर्वाधार प्रयोगमा साझेदारी कायम गर्न सकेमा दुवै संस्था वलियो हुने र व्यावसायिक संस्थाको कारोवार समेत पारदर्शी हुने छ ।’
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले साझा स्वास्थ्य सेवाका देशभरी रहेका औषधी पसल, स्वास्थ्य सेवाका कर्मचारीको तलव वचत खातालगायत कर्जा, बैंक जमानत तथा प्रतितपत्र कारोवार समेत बैैंकले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक सधैं ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको कुरा जानकारी दिए ।
यो सम्झौतामा बैंकले साझा स्वास्थ्य सेवाका औषधि पसलहरुबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरिदिनेछ भने स्वास्थ्य सेवाका कर्मचारीहरुका लागि विना धितो कर्जा दिने जनाईएको छ । यस अतिरिक्त तलव खातामा निःशुल्क डेविट कार्ड तथा विद्युतीय भुक्तानीका सेवाहरु निःशुल्क रुपमा प्रदान गर्ने छ । बैंकको लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्ने छ । प्रतितपत्र कारोवार तथा विदेशी मुद्राको कारोवारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यवसायिक बैंकिङ पार्टनर भई कार्य गर्ने छ । साझाले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।
कार्यक्रममा साझा स्वास्थ्य सेवाका महाशाखा प्रमुखद्धय किशोरकुमार दाहाल, सिद्धिरत्न वज्राचार्यको उपस्थिति थियो भने बैंकका तर्फबाट विभागीय प्रमुख मिनराज पोखरेल, घनेन्द्र अधिकारी, माधव रिजाललगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन बैंकको निक्षेप व्यवस्थापन विभागका वरिष्ठ शाखा प्रमुख धु्रव पौडेलले गरेका थिए ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल