Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कृष्णहरि जिम्मा दिएर मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानियो

काठमाडौं । अर्थमन्त्रीसँगको टकरावमा रहेका अर्थसचिव मधुकुमार मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई सरुवा गर्दै हालका राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी पनि सुम्पिएको हो। अर्थ मन्त्रालयमा अर्थ र राजस्व गरी दुई सचिव हुन्छन्। अर्थका मरासिनी प्रधानमन्त्री कार्यालय गएसँगै त्यो जिम्मेवारी पनि तत्काललाई पुष्करलाई दिइएको हो। अर्थमन्त्रीमा जनार्दन शर्मा नै पुनः नियुक्त भएसँगै अर्थसचिवमा फेरबदल हुने आकलन गरिएको थियो। बजेट विवादमा तानिएपछि राजीनामा दिए पनि संसदीय विशेष छानबिन समितिले उनीविरुद्धको आरोपमा कुनै कैफियत नभेटेको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई दिएको थियो।
त्यससँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा नियुक्त गरेका थिए। शर्माले साउन १५ देखि अर्थमन्त्रीको कार्यभार सम्हालिरहेका छन्। मरासिनीमाथि शर्माले आफूमाथि आरोप लाग्दा बचाउ नगरेको गुनासो गर्दै आएका थिए।