Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

के दिए त कम्युनिष्टले देशलाई

कम्युनिष्टले शिक्षा, स्वास्थ्यमा सहजीकरण गर्नु पथ्र्यो । तर एमालेले शिक्षा र स्वास्थ्यमा व्यवसायीकरण गर्ने नाउमा व्यापारीकरण गरायो । विश्व साम्राज्यवादले समाज कल्याण परिषद् मार्फत् शिक्षा, स्वास्थ्य, कानुनी चेतना जगाउने नाममा आर्थिक लगानी एनजीओ र आइएनजीओमार्फत् फैलायो । जहाँ गरिबी, अशिक्षा छ त्यहाँ विदेशी सहयोग लिएर दाताहरू प्रवेश गर्ने माध्यम भयो । एमालेले त पार्टीकै भगिनी संगठनका रुपमा एनजीओहरू सक्रिय बनायो । सामुदायिक वनभित्र भ्रष्टाचार चम्काउने नेकपा एमाले र काँग्रेस नै हुन् । मानव अधिकार जस्तो विश्वमान्यता ग्राही संस्था नै पार्टीकरण गर्ने महाधिवेशनमा एनजीओका प्रतिनिधि चिकित्सा पेशाका प्रतिनिधि खुलम खुल्ला राखेर पार्टीको विकृति स्वास्थ्य, शिक्षा र मानवअधिकारको क्षेत्रमा फैलाउने काम एमालेले ग¥यो । जनताका पेट मारेर सहकारीको धन खाइदिने धेरै बहादुर नेकपा एमालेलकै छन् । यहाँ काँग्रेस अछुतो छैन । नेताका नाममा अस्पताल खोल्ने काँग्रेस र एमाले नै हुन् । जसले पार्टीकै बदनाम गराए । सहकारी ठगीमा छानविन हुने हो भने नेताहरू जोगिन सक्दैनन् । सार्वजनिक जमिन कब्जा गर्ने नेताका नाममा प्रतिष्ठान खोलेर देशको बजेट कुम्ल्याउने धन्दाको शुरुवाती गौरव त्यो पार्टीले स्वीकार्नुपर्छ । जसले नेताका नाममा सार्वजनिक जमिन कब्जा गरेर जनताका अगाडि नांगै भयो । विचार र सिद्धान्तै कमाउने र सम्पत्ति जोड्ने भएपछि कसरी दर्शनको ज्ञानमा व्यवहारिक सीपमा ध्यान जाने ठाउँ हुन्छ ।
अति भएपछि जनताले सजाएँ दिन्छ । नेकपा एमाले प्रभूको सेवामा छ । देवत्वकरणमा रमाएर आफ्ना अपराध छायाँमा पारेकाहरूले बोलेका बोली दर्शाएका व्यवहारले एमालेका पदाधिकारीहरू समेत चोखो छैनन् । अरुलाई भन्न पाउँदा कतै ठाउँ नराख्ने । जनतालाई सताउँदै माफिया र तस्करको विश्वासी भएको नेतृत्वले कमाएको इज्जत भनेकै जेनजी आन्दोलनको कत्लेआम र विधंश हो । त्यसैले यस्तालाई पुनः सत्ताको मौका जुर्न कठिन छ ।
सत्य पच्दैन, भएको कुरा भन्दा योग्यताको कदर हुँदैन । रास्वपा हल्लै हल्लामा छ । काँग्रेस र एमालेको सफेद झूठले रवि जेल बसाई प्रहार अपराधीमाथि हुने हो । इमोशन फैलिएको छ । केपी ओली र रमेश लेखक एक पटक जेल जान्छन् । यिनले अपराध गरेकै हुन् । सत्तामा हुँदा यिनले केही बाँकी राखेनन् । काँग्रेस, एमालेकै मौका नपाएका कार्यकर्ताले रविको पार्टी फैलिएको कुरा अझै केपी ओलीले पत्याएका छैनन् । यहाँ त कुलमानले रवि र बालेनसँग लिखितम खोजे । त्यही लिखितमा प्रचण्डलाई इस्, भन्ने केपी ओलीले माओवादी अध्यक्षलाई यस पटक लौन अन्यत्र नभए पनि केही ठाउँ त गठबन्धन गरौं भनेकै हुन् । तर समयको ख्याल ओलीले नगर्दा स्थिति उनको पक्षमा छैन । रास्वपाले पनि फूर्ति लगाउनु पर्दैन । त्यसका नेताहरू कोही बोल्दैनन् । कोही मौका पाउँदा निकै झम्कन्छन् । चुनाव हो जति कपट र खटन गरे पनि हुन्छ । कुलमान घिसिङलाई चिनाउने माओवादी हो । त्यो विषय कुलमानले बिर्सिए । उनी चम्कँदा नेकपाको उम्मेदवार वा एमालेका रामेश्वर फुयाँल जस्ता पुराना नेताको तालुमा आल्ु फल्ला । किनकि जुन क्षेत्र तामाङ बाहुल्य हो । बंगलादेशको जेनजी अभियन्ताले समेत चुनावी पराजय भोगेको छ । चुनावी मुद्दा भने आफ्नै हुन्छन् । उम्मेदवार कस्तो भन्ने हुन्छ । हिजोको बंगलादेशमा आज जेनजी विश्वास छैन । त्यही कारण पुराना दललाई आफैंले गरेका अपराध लुकाउन सहज भएको छ भन्ने सोचिन्छ भने त्यो गल्ती हुन्छ । कुनै मतदान चेतना चिन्तन, सिद्धान्तका कुराले प्रभावित छैन । पुरानामा बुढो पुस्ता हटोस् भन्ने थिएन । त्यो कारण काँग्रेसका शेरबहादुरले समयको ख्याल गर्न नसक्दा महाधिवेशन प्रतिनिधिका अगाडि लज्जा देखाए । कुनै पनि दल जनतामा टिक्न सक्ने जनताकै बीचमा चर्चा छैन । जेनजीले पूर्व प्रमहरूमाथि प्रहार गरेका छन् । ओली र देउवाको स्थिति उस्तै छ । यिनको घानमा माओवादी परेको हो ।
प्रचण्ड पनि गठबन्धननकै नेता हुन् । यिनमा नयाँ पन भनेको जेनजीको आवाज ०७२ कै चुनाव अगाडि संविधानसभामा संविधान जारी गर्दा असहमतिका आठ बुँदा प्रस्तुत गरेको बताउनुमात्र हो । अबको चुनावमा न्यूनतम सात दल संसदमा अउाने छन् । त्यो स्थितिमा स्थिरता, शान्ति र विकास हुन्छ कसरी ? बालेन, रास्वपामा नगएको बेला रास्वपाको स्तर पुरानै दलको चरणमा थियो भन्ने सोचेकै छैन । रास्वपामा बालेन जस्ताको प्रवेशले मात्र यो हल्ला खल्ला भएको हो ।
काँग्रेस र एमालेलाई खेदेर मात्र जनआकर्षण बढ्दैन । किनकि पद र कुर्सीका लागि रवि लामिछानेले देखाएको लिच्चड प्रवृत्ति चुनावमा ठूलो दल भए पनि देखाउने छन् । किनकि बालेन शाह कुनै राजनतिक प्रशिक्षण प्राप्त दल र समूहसँग जोडिएको पात्र होइनन् । पार्टी अनुशासन निष्ठा, त्याग र समर्पणले रास्वपा मौलाएको छ । उपसभापति बनेका डा. स्वर्णिम वाग्ले हुन् कि डोलप्रसाद अर्याल वा महासचिव कविन्द्र बुर्लाकोटीहरूमा देशको नीति निर्माणका बारेमा कुन त्यस्तो विश्वासयोग्य क्षमता त ? अराजकता र व्यक्ति स्तुतीमा रुचि राख्ने नेकपा एमालेको ओली पथनै देशलाई अपच भएको बेला तत्कालिन सरकारको उपकारका रुपमा देशले १९÷२० अर्ब खर्च गर्दैछ । निर्वाचन आयोगले विश्वास दिलाउने आधार पाएको छ । अख्तियार, अदालत जस्ता संवैधानिक निकायले समेत निष्पक्ष व्यवहार गर्न पाउने अवसर पाएका छन् । ओलीको शासनमा देशको कानुन ज्युँदो थिएन । अख्तियार, प्रहरी थला परेका थिए । संसदमा जनताको विश्वास बढेको थिएन । दलीय चरित्र नै भष्मासुर थियो ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल