Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रीय प्रतिनिधिमा यी पत्रकार छानिए

काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा, निर्वाचन समितिले केन्द्रीय प्रतिनिधिमा छनौट भएका पत्रकारहरूको नामावली सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको २०७७ चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन्द्रीय परिषद् सदस्यको निर्वाचनबाट केन्द्रीय परिषद्मा छनौट हुनुभएका प्रतिनिधिहरुको नाम समितिले सार्वजनिक गरी केन्द्रीय कार्यालयमा बुझाएको हो । समितिका संयोजक ईश्वरी वाग्लेका अनुसार प्रदेश परिषद् सदस्यको नामावली छानविनको क्रममा रहेकाले असार १५ भित्र उपत्यका प्रदेश समितिलाई बुझाईने भएको छ । काठमाडौं शाखाको निर्वाचनमा कुल १ हजार ४ सय ७९ मतदाता रहेकोमा १ हजार २ सय ३४ जना मतदानमा सहभागी भएका थिए । समितिले छनौट गरेको केन्द्रीय परिषद् सदस्यहरूको नामावली यसप्रकार रहेको छ १) प्रल्हाद रिजाल, २) गगन विष्ट, ३) राजेन्द्र अर्याल, ४) दामोदर दवाडी, ५) छविलाल दाहाल, ६) राजेश राई, ७) सुरोजंग पाण्डे, ८) भावना प्रसाईं, ९) लाल सिंह लामा, १०) रघुनाथ पौडेल, ११) शैलेन्द्र कुमार केसी, १२) विष्णु प्रसाद आचार्य, १३) दिपक पाण्डे, १४) देवराज अर्याल, १५) नरेन्द्र साउद, १६) अर्जुन मैनाली, १७) फणिन्द्र फुयाँल, १८) मानध्वज लामा, १९ं) सागर पन्त, २०) नेपोलियन चेपाङ, २१) गोकर्ण बराल, २२) देवेन्द्र चुडाल, २३) ईन्द्र रिजाल, २४) दीपक पाठक, २५) लीलाराज खनाल, २६) पूर्ण कार्की, २७) केशरमणी कटुवाल, २८) रामजी बगाले, २९) छायाँचन्द्र भण्डारी, ३०) नवराज न्यौपने
त्यसैगरी केन्द्रीय समितिबाट मनोनित गर्नका लागि निर्वाचन समितिले केन्द्रीय समितिलाई पठाएको नामावलीमा चिरञ्जिवी खनाल, किशोर पौडेल (संचार विज्ञको तर्फबाट), शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ (वरिष्ठ पत्रकारको तर्फबाट), रमेश बाबु बिक, राजेन्द्र वैध, विश्वराज किराँत (समावेशी तर्फबाट) सन्तोष न्यौपाने (संस्थागत बाट) रहेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल