Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ महानगरपालिकाले दुइ जना बोर्ड सदश्य कर्मचारीतहबाट पठाउनुपर्नेमा मेयर शाहका बिज्ञ सल्लाकार पठाइदिदा युकेयललाइ कानुनी संकट पर्ने भएको छ । बोर्डको निर्णयबिना खानेपानी सम्बन्धि कुनैपनि काम अगाडी बढाउन सकिदैन् । महानगरका प्राबिधिक वा प्रसाशनका कर्मचारी पठाउनु पर्नेमा मेयर शाहले आफुले बिज्ञका रुपमा नियुक्ति दिएका बिज्ञहरु सुमनराज भण्डारी र शुसिल बराललाई पठाएपछि केयुकेयललाई संकट पैदा भएको हो । आफै प्राबिधिक मेयर शाहले सरकारलाई चक्रपथसुधार आयोजना अन्तरगत कलंकी महाराजगंज सम्मको सडक पुननिर्माणमा भएको ढिलाइको बिरोध गर्दै बिभागिय मन्त्रिलाई चुनौति दिए जस्तै उपत्यकाभित्रको खानेपानीको ब्यबस्थापन गर्ने काठमाण्डौ उपत्यका खानेपानी लि.लाई चुनौती दिनु पानी उपभोक्ताहरुलाई हेपे सरहहुने कुरा शाहलाई कसले बुजाइदिने हो ? किनकि जनताको खानेपानी समस्या समाधानका लागि स्थानिय सरकार प्रमुखका नाताले मेयर शाहलेनै ध्यान दिनु जरुरी छ । केयुकेयलबोर्डमा महानगरका दुइ, चेम्बर अफ कर्मशको एक,महालक्ष्मि र ललितपुर महानगरपालिकाका एक,एक सदश्य रहेका छन् । महा प्रबन्धक बोर्डको सचिब रहने भएकोले सरकार र बोर्डका बिचमा समन्नयकर्ता भएपनि केयुकेयलले प्रतिस्पर्धा गरेर आएका नयाँ हाकिमको काम देख्न पाएको छैन् ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल