Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कैलाली । विघटित नेकपा एसको कैलाली जिल्ला कमिटी नै नेपाली कम्युनिष्ट पार्टीमा सामेल नहुने बताएको छ । कैलाली जिल्ला कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेकपामा नजाने निर्णय गरेको जानकारी गराएका छन् ।
माओवादी केन्द्रसहितका १२ घटक मिलेर बनेको नेकपाले भोलि धनगढीमा एकता सन्देश सभा गर्दैछ । सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह(संयोजक माधव कुमार नेपालसहितका नेताहरू आउँदै छन् । त्यसको पूर्वसन्ध्यामा नेकपा एसको तत्कालीन कमिटीले यो निर्णय लिएको हो ।
एकताबारे जिल्ला कमिटीको बैठक आह्वान गरिएको थियो । १२१ सदस्यीय कमिटीमध्ये ९१ जना सहभागी बैठकले एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष विमलकुमार जोशीले नेपाल प्रेसलाई बताए ।
‘केपी ओली र प्रचण्ड दुवैले कम्युनिष्ट आन्दोलन सक्नुभयो । आफूलाई आवश्यकता हुँदा एकता गर्ने नत्र विघटन गर्ने उहाँहरूको पुरानै शैली हो । अहिलेको एकताले झन् कम्युनिष्ट आन्दोलनलाई सकेको छ त्यसैले हामी सहभागी नहुने निर्णय गरेका हौँ , उनले भने ।
कम्युनिस्ट आन्दोलन जोगाउने पक्षसँग सहकार्य हुनसक्ने जोशीको भनाइ छ ।
बैठकपछि जिल्ला कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति निकालेर नेकपामा नजाने निर्णय गरेको जानकारी गराएका छ्न् । अहिले एकताको नाममा १३ दल सहभागी भएको हवाला दिएपछि त्यसको अर्थ नभएको जिल्ला कमिटीको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल