Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोभिसिल्डको पहिलो डोज लगाएका झण्डै १३ लाख मानिस दोस्रो डोज नआउँदा आत्तिएका छन् । कोभिड विरुद्धको दुई डोज खोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको छ । पछिल्लो अनुसन्धानले दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठनले कोभिसिल्डको पहिलो डोज लगाउनेले दोस्रो तथा अन्तिम डोजका रुपमा भेरोसिल लगाउन सकिने बताएको छ । दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध झनै प्रभावकारी हुने देखिएको डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले बताउनुभयो । नयाँ शोधबाट पहिला एक कम्पनीको लगाएर सोही कम्पनीको भ्याक्सिन कुरेर बसेका व्यक्तिका लागि अब सहज अवस्था आएको देखाएको उहाँको दाबी छ । यसअघि पनि वैज्ञानिकहरुले फरक–फरक कम्पनीको भ्याक्सिन लगाउन सकिने बताए पनि प्रयोगमा आएको थिएन । दुई खाले भ्याक्सिनले जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या भने हुन सक्ने वैज्ञानिकहरु बताउँछन् ।
बेलायत, स्पेन र जर्मनीलगायत मुलुकमा यस्तो समस्या देखिएको थियो । अलग–अलग कम्पनीको भ्याक्सिनले यस्तो इम्युन सिस्टम बनाएको छ, जसले उच्च स्तरको एन्टिबडी र ह्वाइट ब्लड सेल्स निर्माण गरिदिन्छ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आरम्भ हुँदा भारतमा बनेको कोभिसिल्ड लगाइएको थियो । पछि भारतले उक्त खोपको थप मात्रा दिएन । त्यसपछि चिनियाँ खोप भेरोसिल नेपाल भित्रियो । कोभिसिल्ड लगाउनेले भेरोसिल लगाउन नहुने भन्दै लामो समयसम्म पहिलो मात्रा खोप लगाई कोभिसिल्डको दास्रो मात्राको प्रतिक्षामा रहेका नागरिकको लागि यो खुसिको खवर हो, अहिले विभिन्न देशमा खोप अभियान तीव्र पार्नका लागि फरक–फरक कम्पनीका खोपको परीक्षण गर्न थालिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल