Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना नियन्त्रणका लागि एनसीसी बैंकको एक करोड सहयोग

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग गर्ने उक्त रकममध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा ३५ लाख रुपैयाँ सात वटै प्रदेशले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो । बैंकले प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. दुईका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधि मार्फत प्रदान गर्ने भएको छ । बैंकले विगतदेखि नै विभिन्न संघसंख्यामा सहयोग प्रदान गर्दै आएको छ । कोरोनाको संक्रमण बढेसँगै लकडाउनको पूर्णपालना गरी सुरक्षित रहन बैंकले सबैलाई आग्रह गरेको छ ।


सम्बन्धित समाचार