Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पर्सा । कोरोनाभाइरस संक्रमणका कारण पर्साको वीरगञ्जमा फेरि एकको ज्यान गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक ४२ वर्षीय महिलाले संक्रमणबाट ज्यान गुमाएकी हुन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई चैत्र २९ गते आइतबार राति ८ बजे अस्पताल भर्ना गरिएको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित छपकैया बस्ने ती महिलाको उपचारकै क्रममा तीन दिन पछि मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । अस्पताल भर्ना भएकै दिन उनमा कोरोना संक्रमण भएको पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिएका छन् । प्रदेश नम्बर २ मा अहिले सम्म कोरोनाबाट २ सय १२ जनाको मृत्यु भइसकेको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल