Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना महामारीबाट मृतकको संख्या ३ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । ८० हजार भन्दा बढी संक्रमित भएका छन्ची न बाहिर अन्य १० मुलुकमा कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण देखिएको छ। इटालीमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ । त्यहाँ संक्रमितको संख्या १६ सय ९४ पुगेको छ । शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो ।
दक्षिणको कोरियामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ सय १२ पुगेको छ । सोमबार ४ सय ७६ जनामा कोरोनाका संक्रमण पुष्टि भएको करियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।
जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ । सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।
इरानमा आइतबारसम्म ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ । यद्यपी मृतकको संख्या २ सय भन्दा धेरै भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गर्दै आएको छन् । विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । यसै साता कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो । योसँगै कोरोनाबाट संक्रमित हुने मुलुकको संख्या ६४ पुगेको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल