Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमणका कारण पाँचौ व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको बेला पाँचाैं व्यक्तिको पनि मृत्युभ एको छ । बुधबार ललितपुर महानगरपालिका २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो । उनको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले पुष्टि गरे । ‘कलेजोमा समस्या रहेका उनको बुधबार किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टन अस्पतालमा आईसीयू नभएपछि उनलाई गत जेठ ११ गते किस्ट अस्पताल पठाइएको थियो, जेठ १२ गते उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल