Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना संक्रमित कर्मचारीलाई १४ दिन बिदा

काठमाडौं । फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकरझैं अब निजामती कर्मचारी पनि कोरोना संक्रमणको उच्च जोखिममा छन् । पछिल्लो चरणमा निजामती कर्मचारीहरुमा कोरोना संक्रमितको संख्या बढ्दै छ । मुख्यसचिव,सचिवदेखि तल्ला तहका कर्मचारीहरु कोरोना संक्रमित भइसकेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीदेखि काठमाडौंको प्रजिअ जनकराज दाहाललाई कोरोना संक्रमण पृष्टि भएको छ । झण्डै एक हजार कर्मचारीहरु कोरोना संक्रमित भइसकेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार, पूर्ण विववरण प्राप्त भइनसके पनि एक हजारभन्दा धेरै निजामती कर्मचारी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । यसरी कोरोना संक्रमित कर्मचारीहरु बढ्दै गएपछि तालुकदार मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयले संक्रमित कर्मचारीलाई कम्तिमा १४ दिन बिदा दिने प्रस्ताव उपर छलफल गरिरहेका छन् । कोरोना संक्रमित भएसँगै कम्तिमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिन लागिएको हो । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् ।


सम्बन्धित समाचार