Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाकै कारण थप ५ जनाले ज्यान गुमाए

काठमाडौं । संक्रमणको दर बढेसँगै मृतकको संख्या पनि बढेको छ । नेपालमा थप ५ कोरोना संक्रमितको निधन भएको छ। योसँगै देशभर ६५ पुगेको छ। मोरङस्थित रंगेली नगरपालिका, ८ दर्बेसाका ४५ वर्षिय पुरुषको साउन २१ गते बिहान साढे १० बजे निधन भएको हो। ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई कोशी अस्पताल पुर्याइएको थियो। उनको सोहि दिन स्वाब संकलन गरिएको थियो जसमा कोरोना पुष्टि भएको हो। यसैगरी बुधबार नै अर्का एक संक्रमितको पनि निधन भएको छ। मोरङ विराटनगर, ९ बस्ने ४५ वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ती पुरुषको साउन २१ गते दिउँसो १ बजे मृत्यु भएको थियो। कलेजोका रोगी रहेका उनी मंगलबार राती कोशी अस्पताल भर्ना भएका थिए। मृत्युपछि भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

यस्तै, साउन २१ गते नै सर्लाही–६ मलंगवा स्थायी बसोबास भएकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।निमोनियाका र स्क्रब टाइफसको समस्या रहेकी उनलाई मनमोहन अस्पतालबाट बलम्बु रिफर गरिएको थियो। उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। धनुषा, मिथिला नगर, १० लालगढ बस्ने ७२ वर्षकी एक वृद्धको पनि साउन १७ गते दिउँसो १२ बजे चाबाहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा निधन भएको छ। साउन १७ गते बिहान ३ः४८ बजे दम, हाइपोथाइरेडिज्म र उच्च रक्तचापका बिरामी उनलाई मधुमेहकासाथै पेट दुख्ने , निमोनिया तथा स्वासप्रश्वासमा समस्या भएका कारण धनुषाबाट सिधै अस्पताल लगिएको थियो। सप्तरी रूपनी, ५ का ४२ वर्षका एक पुरूषको पनि कोरोना संक्रमणका कारण साउन २१ गते निधन भएको छ।