Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट मर्नेको संख्या २४ सय नाघ्यो

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।
कोरोना भाइरस अर्थात कोभिड – १९ को असर रोक्न चालेको विभिन्न कदमका बाबजुद इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् । कोरोना भाइरसकै कारणा दुई जनाको मृत्यु र ७९ जना संक्रमित भएपछि इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध गरिएको थियो । तर त्यसपछि पनि थप १ एक जनाको मृत्यु भएको छ । अरु ७३ जना कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । एकै दिन अरु २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो । चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंकापछि ९ हजार जनालाई क्वारेन्टीमा राखिएको छ ।
कोरोनाले महामारीकोव रुप लिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले मुलुकले धेरै ठूलो चुनौतीको सामना गरिरहेकाले सावधानी अपनाउन देशवासीलाई आह्वान गरेकी छन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल