Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशषगरी चारवटा रणनीति अख्तियार गर्ने भएको छ । बुधबार नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्रीको अगुवाईमा बसेको सर्वदलीय बैठकमा सरकारले यस्तो रणनीति अख्तियार गरेको जनाएको हो । बैठकमा पूर्व प्रधानमन्त्रीहरु, उच्चस्तरीय समन्वय समितिका सदस्य रहेका मन्त्रीहरु, संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका अध्यक्ष तथा बरिष्ठ प्रतिनिधिहरुमाझ सरकारले संक्रमणका विरुद्ध उच्च सतर्कता अपनाउदै अख्तियार गरेका मुख्य चार रणनीति र त्यस अन्र्तगत सञ्चालित सम्पादित कृयाकलापसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरिएको थियो ।
१. सरकारले आम नागरिकहरुलाई विश्वसनीय ढंगबाट स्वास्थ्य सेवा प्रवाह गर्ने ।
२. संक्रमणलाई प्रवेश हुनै नदिने व्यवस्था मिलाउने ।
३. नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने, निगरानी र क्वारेन्टाईनको स्थितिलाई अझै सुदृढ बनाउने ।
४. विरामीको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने ।
सरकारले अघि सारेको यस्ता रणनीति र कार्यक्रमलाई बैठकमा सहभागीहरुले सह्राना गर्दै थप केही सुझावसहित दलहरुको तर्फबाट सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारले बैठकमा आएका सुझावहरुको आधारमा कार्ययोजनालाई परिमार्जन प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ । त्यसक्रममा समिति संयोजक समेत रहेका सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकभित्र आपतविपतको समयमा सबै राजनीतिक दल एवम् सरोकार पक्षहरुले एकताबद्ध भएर उच्च मनोबलका साथ काम गर्न र राष्ट्रिय एकता प्रदर्शन गर्ने नेपाली संस्कृति र परम्परालाई कायम राख्दै अघि बढ्न सवै पक्षलाई आव्हान गरेका छन् । बैठकले आम नागरिकलाई सम्भावित संक्रमणको जोखिमको अवस्थामा स्वास्थ्यप्रति सचेत रहन अपिलसमेत गरेको छ । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी हुने जनहितका सूचनाहरुलाई विशेष ध्यानमा राख्न पनि अनुरोध गरेको छ ।
२०८१ माघ १३
ताजा नेपाल
२०८१ माघ १३
ताजा नेपाल
२०८१ माघ १३
ताजा नेपाल