Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएकोे कोरोना महामारीको पिडामा धनाध्य र गरिब परेका छन् । पूर्व राजा ज्ञानेन्द्र हिन्दु कुम्ब मेलाको प्रमुख अथिति बन्दै भारतको हरिद्वार र ऋषिकेशको जात्रामा सहभागी भएर फर्किएपछि कोरोनाबाट थलिएका छन् । उनी मात्र होइन उनको टिमका १९ जना मध्ये १८ जना अहिले कोरोना कोभिडले थला परेको अवस्था छ । यही अवस्था प्रधान मन्त्री केपि ओलीले वालुवाटार र धरहरामा आयोजना गरेको जम्घटमा सहभागीहरुको छ ।
कोरोनाले ठूलो सानो भीआइपी र सर्वसाधारण पनि चिन्दैन । अहिले दोस्रो चरणमा देखापरेको कोरोनाको नयाँ भेरियन्टले बहालवाला मन्त्रीदेखि सर्वसाधारणसम्मलाई छाडेको छैन । पहिलो लहरको कोरानामा भन्दा दोस्रो लहरमा पब्लिक फिगर बढी आक्रान्त देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्र अघिल्लोपटक कोरोनालाई छल्न सफल भएका थिए । यसपटक भने भारतको कुम्भमेलामा भाग लिएर आएपछि पूर्वराजपरिवार आक्रान्त बनेको छ । नेपालमा कोरोना सङ्क्रमितको ग्राफ दिन–प्रतिदिन उकालोलाग्दो छ । पहिलो लहरको कोरोनाको तुलनामा अहिलेको दोस्रो लहर अझ जोखिमपूर्ण मानिन्छ । तीव्र गतिमा फैलिने कोभिड–१९ को नयाँ भेरियन्टको अहिलेसम्म धेरैै व्यक्तिहरु भइसकेका छन्, अझै सङ्क्रमितको सङ्ख्या बढ्दो छ । सङ्क्रमितको उपचारका लागि अस्पतालमा बेड नभएर हाहाकार मच्चिएको छ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको नजरले डेञ्जर जोन बनेको छ ।
सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन त गरेको छ । तर, सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले विवादास्पद विज्ञप्ती जारी गरेपछि विभागीय मन्त्रीले त्यस्को प्रतिवाद गर्दै सरकार जनताको स्वास्थ्य सुरक्षामा प्रतिबद्ध रहेको बताउनु पर्याे । वर्तमान सरकारका आधा दर्जन मन्त्री नै कोरोना संक्रमित भएका छन् भने आफै दिर्घ रोगी प्रधानमन्त्री कसरी बचेका होलान् ?
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल