Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाविरुद्ध थप कदम चाल्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै जाँदा थप कडाईका लागि सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीको शुक्रबारको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नदेखि भारतसँगको सीमा नाका बन्द गर्नसम्मको सिफारिस गरेको छ ।