Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोशी कटान पीडितले सप्तरी र सुनसरीको सीमामा रहेको कोशी ब्यारेजमा रिले अनशन शुरु गरेका छन् । नेपाल–भारत कोशी सम्झौताअनुसार कोशीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकाले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन शुरु गरेका हुन् । तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका उनीहरुको माग अझैसम्म पूरा भएको छैन । कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समितिको अगुवाइमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले सप्तकोशी ब्यारेजमा आमसभा गरेपश्चात् रिले अनशन शुरु गरे । रिले अनशनको शुरुआत गर्दै पहिलो दिन कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समिति सप्तरी, सुनसरी उदयपुरका संयोजक महिदेवप्रसाद चौधरी, संविधानसभाका पूर्वसदस्य मानपुर चौधरी, उमेश मिश्र, घनश्याम झा, विजय यादव, झवर राम, वीरेन्द्ररामलगायत ११ जना रिले अनशनमा बसेका हुन् ।
सप्तरी, सुनसरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर भेला भएका सयौँ प्रदर्शनकारीले प्रदर्शन गर्दै मुआब्जा र क्षतिपूर्ति रकम नपाउञ्जेल आन्दोलन जारी राख्ने बताए । विरोधसभालाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा २ का सदस्य एवं नेकपा प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डलले कोशी सम्झौताअनुसार भारतीय सरकारले पीडितलाई क्षति नदिएर अन्याय गरेको बताए ।
सङ्घर्ष समितिका संयोजक चौधरीले जग्गा र बाली क्षतिको मुआब्जा नपाएको, जग्गाको सुरक्षा नभएको र नेपाल–भारत सरकारबीच भएको कोशी सम्झौता कार्यान्वयन नभएकाले रिले अनशन शुरु गरिएको बताए ।
सङ्घर्ष समितिले गत साउन १३ गते जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रिले अनशन शुरु गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।
२०८१ पुष १४
ताजा नेपाल
२०८१ पुष १४
ताजा नेपाल
२०८१ पुष १४
ताजा नेपाल