Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोशी विद्रोह र भोलिको शेखर समूह

कोशीको सत्ता परिवर्तन माओवादीको कारण होइन । काँग्रेसभित्र जबर्जस्त चम्किएको गुटको झगडा हो । जहाँ डा. शेखरकै समूह चर्को रुपमा आयो । कसैले शेखरलाई काँग्रेससँग भन्दा देउवासँग मिलेको भने कसैले आफ्नो गुटको अस्तित्व जोगाउन सकेन भने । राजनीतिक स्वार्थ त सबैको छ । ५ पटक प्रम भएको सभापति देउवाले प्रचण्डपछिको प्रधानम्न्त्री डा. शेखर भनेको भए त्यो विद्रोह सम्भव थिएन । अर्थात् कोशीमा डा. शेखरको लडाइँ कृष्ण सिटौलासँगको हो । जसमा तत्कालिन समयमा स्व. गिरिजाप्रसाद कोइरालले विश्वास गरेको आधारमा गृहमन्त्री बनाएर माओवादीसँगको शान्तिवार्ता सफल बनाए । त्यो क्षमताका आधारमा सुशील कोइरालाले निर्वाचित महामन्त्री प्रकाशमान सिंहबाट काम लिन नसक्ने भएपछि सिटौलालाई नै मनोनित महामन्त्री बनाए । कोइराला परिवारको खान्दानी जीनले हिजो सत्ताकै लागि विद्रोह ग¥यो । बीपीका कुरा गरेर यी थाक्दैनन् । तर यिनीहरू बीपी बन्न सक्दैनन् । सत्ता पाएपछि समाजवादको धारमा जाँदैनन् । बीपीको सपनाका कुरा गर्ने गिरिजाले देश ध्वस्त बनाएकै हुन् । गणेशमान हिँडे, भट्टराई टाढिए । बीपीका भाई गिरिजा र छोरी सुजाता भष्मासुर थिए । जसरी डा. आरजु अहिले छिन् । त्यो बेला यी आदर्श डा. शेखरले देश ध्वस्त भयो भनेनन् । अहिले यिनलाई काँग्रेस बचाउने चिन्ता छ । कोशीमा आठ भाईको विद्रोहले केन्द्रीय सत्ता डगमगायो तर यिनको भोलिको बाटो छेकियो । अराजक भनेको पार्टी विरोधी नै हुन् । यहाँ काँग्रेसभित्रको लडाइँले प्रधानमन्त्री प्रचण्डको पद ढलमल भयो । जनताको दैनिकी भन्दा नौ कोश परको सत्ता स्वार्थमा काँग्रेसभित्र पार्टीको निर्णय कसले कसरी पूरा गर्ने भन्नेमै केन्द्रीत छ । एमाले, काँग्रेसभित्र खेल्यो, हिजो काँग्रेसले एमाले विभाजन गरायो । पैसाको खोलो बग्यो । तस्करी चम्काइएकै हो । आज सुन तस्करीका कुरा आए । देशको नागरिकता विदेशीलाई बेच्ने पासपोर्ट बंगलादेशीलाई बेच्ने काम सुजाताले गर्दा त्यसमा खवरदारी नगर्ने कोइरालाको वंशले मात्र काँग्रेस धान्दैन । त्यो वंशको राजकीय दान्दानीपनले पुन डा. शेखरको काँधमा पार्टी सत्ता आउँछ भन्ने विश्वास अहिलेकै परिवेशले देखाउन सक्दैन । डा. शेखरलाई प्रधानमन्त्रीसँग रिस छ भने साथ नलिए हुन्छ । चुनाव जित्न माओवादी चाहियो, एक्लै जित्थे भने ०७४ मै जित्न सक्थे । हिजो गिरिजाले संविधानसभामा समानुपातिक सांसन नदिँदा प्रचण्डलाई भेटेर सांसद बनाउ माओवादीमा आउँछु भनेकै हुन् । प्रचण्डले गिरिजासँगको सम्बन्ध बिगार्न चाहने अवस्था थिएन । काँग्रेसमा देउवा मात्र नेता मानेन । अब जबर्जस्त डा. शेखर खडा भएका छन् । डा. शेखरलाई परेको बेला महामन्त्री गगन र विश्वले सघाउने अवस्था छैन । किनकि त्यो संकेत संसदीय दलमै देखियो । शेखर पक्षले दाबी गरेको ३० जना सांसदले गगनलाई मत नदिएको कुरा गणनामै देखियो । डा. शेखर चाहन्थे संसदीय दलको नेताबाट सभापति देउवालाई हटाएर महासमिति बैठकमै आफूले पार्टीको कमाण्ड गर्ने । तर त्यो सपना पूरा भएन । त्यसकै संकेत कोशीमा पनि देखियो ।
विद्रोह गर्नेको पार्टीमा मुल्य हुँदैन । आफूमाथि प्रश्न गर्नेलाई कसरी थान्को लगाउनुपर्छ भन्ने ब्रम्हज्ञानी केपी ओलीको संगतबाट अब डा. शेखरले सिक्लान् । तर काँग्रेसमा कोइराला परिवारको खान्दानी स्वरुपभित्र इज्जत भन्दा बदनाम नै छ । भ्रष्टाचार गर्ने, ठाउँमा पुग्दा सुजाताले संसार चिनाएकी छन् भने डा. शशांक आफू बीपीको खान्दानी वंश भन्दैछन् । जो चुनाव जित्छ र रक्सी पिएर विजय जुलुसको नेतृत्व गर्न जाँदैन । त्यस्तो चरित्र सधैं नवलपरासी पूर्वले बोक्छ भन्ने छैन । जनताका कुरा डा. शेखरको लक्ष्यमा छैन । प्रतिनिधि पात्रका रुपमा काँग्रेसमा एकजनाले पनि सरकारमा गएर राम्रो गरेको रेकर्ड छैन । अहिले नौ जना काँग्रेसका मन्त्रीले कति प्रभाव पारे त्यो देखियो । मोहन बस्नेतले दशैंको मुखमा २५६ जनाको जागिर खाएर समाजवाद ल्याएका छन् । बीर अस्पतालको समाजवाद विरामीले उपचार नपाउने नै हो । यसको असर यिनै डा. शेखर उपकुलपति बनेर दुई कार्यकाल शासक भएको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म परेको छ । त्यहाँका १५६ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । आपूर्तिमन्त्री रमेश रिजाल भद्र छन् कालो बजार उनकै गहना बनेको छ । मानव हत्याका पौरखी योगराज ढकालको ज्यान मुद्दाको फाइल सदर गर्ने कानुनमन्त्री धनराज गुरुङ त डा. खेशर कोइरालाकै खम्बा हुन् । तर मन्त्री पद लिएर जनभावनाको कदर त शखेरकै समूहले गरेन भने कोशी प्रदेशको विद्रोहले काँग्रेसमा केही लतार्ने अवस्था छैन ।


सम्बन्धित समाचार