Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खगेन्द्र सुनारको छुद्र टिप्पणी

सुनारले आज पत्रकारमाझ रास्वपाको निम्तो मान्न आएका राजनीतिक दलका प्रतिनिधिलाई हाक्काहाक्की भ्रष्टाचारी र आतङ्ककारीसमेत भन्न भ्याए ।उनले भने, रवि हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।

उद्घाटनमा निमन्त्रणा दिएर पार्टी सभापति रवि लामिछानेले राजनीतिक सदासहायता देखाएको उनको भनाइ थियो । एमाले नेता प्रदीप ज्ञवाली बोल्दै गर्दा प्रतिनिधिले हो(हल्ला गरेको विषयमा पनि सुनारले तीखो प्रहार गरेका छन् ।

यसबारेमा उनको भनाइ यस्तो छ, त्यति मजाले निम्तो दिएर बोलाएको पाहुनाले जाँड खाएर त्यहीँ हल्ला गरेर त्यहीँ निहुँ खोज्न थाल्यो भने के हुन्छ कम्तीमा पाहुनाले पनि म कसको घरमा आएको छु, किन आएको छु, के प्रयोजनको लागि आएको छु भनेर नबिर्सिदिने ।

कुनै एउटा कार्यक्रममा बोलाएको मान्छे जो सम्मान दिएर बोलाएको छ, त्यही सम्मानमा उभिएर बोल्ने होइन र त्यहीँ आएर हाम्रै घरमा आएर हामीलाई नै गाली गर्न थालेपछि धन्यवाद धन्यवाद कसले भन्छ भन्छ र हामी संयम थियौँ । त्यसैले हामीले धन्यवाद जानुस् जानुस् भयो भयो जानुस् भनेर हामीले यसोयसो हात हल्लाउँदै गर्‍यौँ ।

रास्वपाका नेता कार्यकर्तालाई सम्झाउन जरुरी नभएको भन्दै उनले थपे, बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी छैन । रोगीहरुले आएर वरिष्ठ डाक्टर बालेन शाह जस्ता वरिष्ठ डाक्टर, रवि लामिछाने जस्ता वरिष्ठ डाक्टरहरुलाई, स्वर्णिम वाग्ले जस्ता वरिष्ठ डाक्टरहरूलाई सल्लाह दिने होइन ।
त्यो दुई तिहाई हामीले देखाएको होइन, जनताले दिएको मत हो । त्यसलाई दम्भ भने पनि, त्यसलाई पेलान भने पनि, ठेलान भने पनि, जे भने पनि, कसो भने पनि केही फरक पर्नेवाला छैन ।


सम्बन्धित समाचार