Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाडलभित्र भेटियो किशोर किशोरीको शव

काठमाडौंं । दाङमा खाडलमा गाडिएको अवस्थामा किशोर किशोरीको शव भेटिएको छ। तुल्सीपुर उपमहानगरपालिका १३ दमारगाउको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा उनीहरुको शव फेला परेको हो। खाडलभित्र मृत भेटिएकाहरुमा तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ निवासी १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए। उनीहरुको शरीरको केही भागमा चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ। थप कुरा पोष्टमार्टमपछि थाहा हुने डिएसपी मल्लले बताए। मृतक आचार्य र महतरा असोज २७ गतेदेखि सम्पर्कविहीन थिए। असोज २९ गते परिवारले उनीहरु हराएको खबर प्रहरीमा गरेका थिए। स्थानीयले जंगलमा गाडिएको अवस्थामा शव देखेपछि आइतबार प्रहरीलाई खबर गरेका थिए।