Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक

एजेन्सी । अमेरिका इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसीले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ। इरानी समाचार एजेन्सी फार्सका अनुसार, आईआरजीसीले भनेको छ, हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ। इरानका सञ्चारमाध्यम तस्निम र फार्सले खामेनी मात्र होइन, आक्रमणमा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। यसैबिच इरानी सेनाले इजरायल र अमेरिकी अड्डाविरुद्ध इतिहासकै खतरनाक हमला गरिने चेतावनी दिएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल