Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खामेनीको हत्याको बदला लिने इरानको घोषणा, अमेरिकालाई चेतावनी

काठमाडौं– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ। परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको विज्ञप्तिमार्फत खामेनीको हत्यामा संलग्न पक्षलाई जवाफ दिने चेतावनी दिइएको हो।

इरानी सञ्चारमाध्यमका अनुसार विज्ञप्तिमा “अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्यारासँग लिइनेछ” भनिएको छ। उक्त सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत पनि सार्वजनिक गरिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा तत्कालीन सर्वोच्च नेता खामेनीको मृत्यु भएको इरानको दाबी छ। उक्त आक्रमणमा खामेनीसँगै इरानका उच्च अधिकारी तथा उनीहरूका परिवारका केही सदस्य पनि मारिएका थिए।

बीबीसी फारसीका अनुसार खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिने कार्यक्रम छ। साथै इराकका बगदाद, काजमिन, करबला र नजफमा पनि शोकसभा आयोजना गरिने जनाइएको छ।

यता, तनावका बीच कतारको राजधानी दोहामा अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्।


सम्बन्धित समाचार