Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी घर भएका ५९ वर्षीय डम्बर बहादुर सुनारलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा म्याङलुङ नगरपालिका-९ साब्ला बस्ने ५० वर्षीय रमेश रसाईलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रसाईलीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा छुट्याउने क्रममा खुकरी प्रहार गर्दा घाइते भएका सुनारको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भइरहेको छ ।
गुल्मी, मालिका गाउँपालिका-७ घमिर बस्ने ३४ वर्षीय गोर बहादुर सुनारलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रेशम सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा रेशमले चक्कु प्रहार गर्दा घाइते भएका गोरबहादुरलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल