Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुकुरी प्रहार गर्ने समातिए

सिन्धुली । धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घ्याङलेख गाउँपालिका(५ अपजसे टोल बस्ने ४९ वर्षीय मान बहादुर वाईबालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वाईबाले आफ्नी छोरीलाई हेला गरेको बिषयलाई लिएर सम्धी र सम्धीनी नाता पर्ने २ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार