Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अघिल्लो वर्ष मंसिरको चुनावमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनविरुद्ध झापा क्षेत्र नम्बर ४ मा बागी उम्मेदवारी दिएकी खुश्बु ओली पार्टीमै फर्किएकी छन्। झापा ४ मा एमालेका एलपी सावाँलाई सघाएको राप्रपाको निर्णयविरुद्ध खुकुरी क्रस चिह्न लिएर बागी उम्मेदवारी दिएकी खुश्बु पार्टीमै सक्रिय भएकी हुन्। एलपी सावाँविरुद्ध उठेर ५ हजार १० मत ल्याएकी उनले त्यसबेला आफ्नो कदमलाई विद्रोह भन्दै सोमबारदेखि राप्रपामै फर्किएको घोषणा गरेकी हुन्। उनले आफ्नो विद्रोहलाई महिला र युवामाथिको राजनीतिक थिचोमिचो र भेदभावविरुद्धको अभियान भएको कुरा पार्टीले बुझेकाले फर्किने निर्णय गरेको बताएकी छन्। उनले राप्रपाले आफूलाई महत्त्वपूर्ण जिम्मेवारीसहित निरन्तरता दिन आग्रह गरेकाले फर्किएको बताएकी छन्। ओलीले अन्य पार्टीबाट आग्रह आइरहे पनि राप्रपा राष्ट्रका लागि अडिग भएर उभिने विश्वाससहित फर्किएको बताइन्। अब राप्रपामै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने पनि उनले बताइन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल