Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गंगामायासँगै बिचल्लीमा पर्यो डलरको मुहान

काठमाडौं । चिहान उदिने र डलर झार्ने अभियानमा लागेका डलरमणिहरुलाई यतिखेर आम्दानीको स्रोत बन्दै आएकी गंगामाया अधिकारीको बासस्थान बीर अस्पताल कोरोना अस्पताल भएपछि अधिकारीको बिचल्ली भएको छ । कोरोना अस्पताल बनाउने निर्णयले गंगामाया मात्रै होइन उनलाई देखाएर डलर झार्ने डलरमणिहरुको मुहान पनि सुक्न थालेको हो ।

वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली भएको छ । सरकारले देशकै पुरानो अस्पताल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएपछि विगत ९ वर्षदेखि वीर अस्पतालमा रहेकी अधिकारीको विचल्ली भएको हो । डलरमणिहरु कनकमणि दिक्षित, अग्नि खरेल, चरण प्रसाई, कृष्ण पहाडी, सुबोध प्याकुरेल, सुशील प्याकुरलेहरुको उक्साहटमा चिहान उदिन्नु पर्ने माग गर्दै उनी ९ वर्षदेखि बीर अस्पतालमै डेरा जमाएर बसेकी छिन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा रहेकी उनलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न भनेको छ । उनको क्याबिन खाली हुँदा डलरको मुहान सुक्ने डलले डलरमणिहरु पनि सल्बलाउन थालेका छन् । पहिलो तलाको क्याबिन नम्बर ७ मा रहेकी अधिकारीले त्यहाँ कोभिडका विरामी बस्ने भएपछि क्याबिन खाली गर्नुपर्ने भएको हो । डाक्टरले कोभिडका विरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भन्दै नबस्न भनेकाले क्याबिन खाली गर्नुपरेको उनले बताइन् । काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको उल्लेख गर्दै उनले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यही बस्ने बताइन् ।

उनले जसमाथि आरोप लगाएकी थिइन् उनीहरु अदालतको कानुनी घेरामा परिसकेका छन् । अस्पताल प्रशासनले भने राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको छ । अधिकारीले क्याबिन भएको ठाउँमा खोजेको अस्पताल प्रशासनले जनाएको छ ।