Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली काग्रेसका युवा नेता गगन थापाले ओली सरकारलाई कोरोना महामारीमा विश्वभरिका देशहरूको सरकार प्रमुखको प्रवृत्तिका हिसाबले मूलत दुईवटा प्रवृत्तिमा राखेर हेर्न सकिने बताएका छन् । एउटा विज्ञानमा विश्वास गर्ने र तथ्य प्रमाणहरुको आधारमा आफ्ना नीतिहरु निर्माण गर्ने । यो महाव्याधिको विषयप्रति अत्यन्तै गम्भीर, अत्यन्त संवेदनशील । जो भाइरसभन्दा अगाडि दौडन सके सीमित स्रोत साधनका बाबजुद उनीहरूले पूर्वतयारी गर्न सके । रणनीतिहरू फरकफरक भएपनि यस्तो राजनीतिक नेतृत्व भएको ठाउँमा एकहदसम्म सफलता प्राप्त गरेको देखियो उनी भन्छन् । त्यस्तै अर्को– विज्ञान तथा प्रमाण तथ्यमा विश्वास नगर्ने उट्पट्याङ कुराहरु गर्ने ।
कतिपय सन्दर्भमा भाइरससँग जोडिएका तथ्यहरुको विश्लेषण गर्न छाडेर मेरो देश वा नागरिकहरुसँग अद्भुत क्षमता भएकाले वा मेरो नेतृत्व भएको कारणले महामारीले ठूलो क्षति भएन भन्ने । कहिल्यै गम्भीर नबन्ने, आवश्यक संवेदनशीलता नराख्ने । यस्तो नेतृत्व भएका देशले कुनै न कुनै रूपमा असफलता व्यहोरेका छन् । यो अवस्था नेपालले सहदै आएको छ । दुर्भाग्य हाम्रो नेतृत्व दोस्रो क्याटोगोरीमा पर्छ । विज्ञानमाथि उहाँको कहिल्यै विश्वास रहेन, संवेदनशीलताको कुरा गर्ने हो भने कोरोना महामारीको पहिलो लहरको समयमा हाम्रो प्रधानमन्त्रीको प्राथमिकता दल विभाजन थियो । समयमै गर्नुपर्ने काम सरकारले गरेन तर प्रधानमन्त्री अद्भुत काम गरिरहेको छ भनेर आत्मरतिमा रमाउनु भयो । जहिले पनि कोभिड महामारीका सन्दर्भमा हामी नेपालीहरुसँग एउटा अद्भुत क्षमता छ भनिरहनुभयो । कोरोनाको जोखिममा काम गरेका फ्रन्टलाइनरलाई समेत निरुत्साहित बनाउनुभयो ।तत्काल जनस्वास्थ्य आपतकालको घोषणा गरेर त्यस अनुरूप सिंगो प्रणालीलाई परिचालन गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय व्याक बेञ्चर भएर आदेश पालना गर्ने अनि दिनको एकपटक संख्या गनेर प्रस्तुत गर्ने मात्रै होइन यो महामारीको नेतृत्वदायी भूमिकामा रहनुपर्छ । मलाई स्मरण छ, हामीले नेपालभित्र एकजनामा पनि संक्रमण नहुँदादेखि कोरोना महामारीको सम्बन्धमा कहिले संसदमा, कहिले सडकबाट, कहिले भेटेर, कहिले पत्र लेखेर प्रधानमन्त्रीलाई झक्झकाइरह्यौँ, सहयोगका हात अगाडि बढाइरह्यौं, रोकथाम र न्यूनीकरणका लागि उपायहरू बताइरह्यौं तर विडम्बना, प्रधानमन्त्रीमा अरूका विचार सुन्ने धैर्य र कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै भएन । आजसम्म पनि त्यो प्रतिबद्धता र प्राथमिकता छैन । यो महासंकटसँग जुध्नको लागि यस बीचमा सरकारले जे गर्नैपर्थ्यो त्यो गरेन, जे गर्यो त्यो पनि पर्याप्त भएन, जसरी गर्यो ठीक तरिकाले गरेन । आफैं विज्ञ, आफ्नै कुरा ठीक, आफ्नै अहंकार अनि आफ्नै अकर्मण्यताले उहाँलाई थिचिरह्यो ।
निश्चय नै त्यो बेला कोभिडको पहिलो लहरमा महामारीले नेपालमा जेजति क्षति गर्ला भन्ने प्रक्षेपण गरिएको थियो, हाम्रो भाग्य भएन । अनि प्रधानमन्त्रीलाई के चाहियो, उहाँलाई लाग्यो सबै गलत म ठीक । मैले भनेकै हो नि, कोरोना केही होइन, हामीसँग अद्भुत प्रतिरोध क्षमता छ अनि सरकारले अभूतपूर्व काम गरेकोले नेपालमा कम संक्रमण भयो । प्रधानमन्त्रीलाई जे लाग्यो सिंगो सरकारलाई त्यही लाग्यो, जनस्वास्थ्यको क्षेत्रमा काम गर्नेहरूले समय समयमा सचेत नगराएका होइनन् तर प्रधानमन्त्रीको त कान बन्द भइसकेको थियो ।
२०८१ माघ २९
ताजा नेपाल
२०८१ माघ २९
ताजा नेपाल
२०८१ माघ २९
ताजा नेपाल