Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। गगन थापाको फेसबुके असन्तुष्टिले राजनीतिक तरंग पैदा भएको छ । तर काँग्रेसभित्र यस्ता असन्तुष्टि अन्ततः भागवण्डा र बार्गेनिङका लागि हुने गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सामाजिक सञ्जालमार्फत व्यक्त टिप्पणीले पार्टीको आन्तरिक किचलो उजागर गरेको छ। कांग्रेसमा चौधौं महाधिवेशनबाट सभापतिमा दोहोरिएका शेरबहादुर देउवाले आफू इतर समूहलाई उपेक्षा गर्दै अघि बढ्ने रणनीति तय गरेको आशय उनको अभिव्यक्तिले सतहमा ल्याएको छ। उनले पार्टीको आन्तरिक राजनीतितर्फ इंगित गर्दे सोमबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिले पार्टीमा सभापति देउवाको चरम मनोमानी व्याप्त रहेको दर्शाउँछ। उनले त्यसको प्रतिरोध गर्ने प्रयत्न गरे पनि परिणाम दिन नसकेको यथार्थता उनको अभिव्यक्तिको आशयबाट बुझ्न सकिन्छ। उनी पार्टीमा सभापति देउवाको एकलौटी र मनोमानी निर्णय विरुद्ध जुध्न प्रयासरत रहेको बताएका छन्। तर कतिपय सन्दर्भमा पदीय मर्यादाले प्रतिरोध गर्न असमर्थ भएको समेत स्वीकार गरेका छन्। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ,’ महामन्त्री थापाले भनेका छन्, ‘म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ।’ उनले पार्टीको आन्तरिक असन्तुष्टि उजागर गर्दै आक्रोश र निराशा मिश्रित अभिव्यक्तिले नेपाली कांग्रेससभित्र उनको निरीहता समेत सतहमा आएको छ। उनले कांग्रेसभित्र कैयौं पटक प्रक्रियागत रुपले आफूले उठाएका विषयहरु प्रवेश नपाएको हुँदा प्रतिरोध गर्ने प्रयत्न गरिएको तर पदीय दायराले त्यसो गर्न असमर्थ भएको बताउँदै उनको निरीहता सतहमा आएको हो।
उनले पार्टी संस्थागत रुपमा नचलेको बताउँदै आन्तरिक असन्तुष्टि उत्कर्षमा पुगेको अभिप्राय व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा व्यक्त टिप्पणी अनुसार पार्टीमा उनको असन्तुष्टिले हद नाघेको र आशातीत परिणाम दिन नसकेको आशय प्रकट हुन्छ। कांग्रेसमा विधिसंगत ढंगले संस्थागत निर्णय नभएको र सभापति शेरबहादुर देउवाको मनोमानी व्याप्त रहेकाले महामन्त्री थापाले सोही कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेको समेत बताइन्छ। तर, कांग्रेस निकट स्रोतका अनुसार महामन्त्री थापाले आफ्नो अक्षमता लुकाउन अरुमाथि दोषारोपण गरेर आफू दोषरहित देखिन रक्षाकवचको रुपमा उक्त असन्तुष्टि उजागर गरेका हुन्। उनले गत वैशाख १० गतेको उपनिर्वाचनको मतपरिणामले रक्षात्मक अवस्थामा पुगेका छन्। अहिले पार्टीभित्र विधि पद्धतिको विषय उठाएर विषयान्तर गर्दै उपनिर्वाचनमा कांग्रेसको लज्जास्पद परिणामको भागिदारबाट बच्ने प्रयास गरेको जानकारहरु बताउँछन्। कांग्रेसको चौधौं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्री निर्वाचित भएका थापा कांग्रेसको वाकपटुकता भएको नेतामा पर्दछन्। प्रकाशमान सिंहको प्यानलबाट निर्वाचित अर्कामहामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका हुन्। वाकशैली एकै यी महामन्त्रीद्वय पछिल्लो समय निकट समेत भएका छन्। मंसिर ४ को निर्वाचन अघि प्रधानमन्त्रीको दाबी गरेका थापालाई अर्का महामन्त्री शर्माले समर्थन गरेका थिए। हालसम्म यी महामन्त्रीद्वयको निकटता कायमै रहेको छ।
उपनिर्वाचनमा यी महामन्त्रीद्वय पार्टीका उम्मेदवार जिताउन दुईवटा निर्वाचन क्षेत्रमा भगिरथ प्रयत्न गरे। उनीहरुको प्रतिष्ठासँग जोडिएको उक्त निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सफल भएनन्। कांग्रेसमा सभापति देउवाको बेवास्ता र आफ्नै समूहको अविश्वासले आजित भएर प्रतिकूल अवस्थामा पुगेका महामन्त्री थापाले घुर्की लगाएर बार्गेनिङ पावर बढाउनैपर्ने बाध्यात्मक अवस्था सिर्जित भएकाले प्रतिरक्षाका लागि उनले खरो टिप्पणी व्यक्त गरेकोे स्रोतको दाबी छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल