Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समय स्थगित गरेर निर्णायक वार्ता र संवाद अघि बढाउन सभापति गगन थापालाई आग्रह गरेका छन्।
खड्काले शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै असोज ३ गतेदेखि सुरु गर्ने गरी घोषणा गरिएको महाधिवेशनको कार्यतालिका केही समय सार्न र पार्टीका शीर्ष तथा अग्रज नेताहरूसँग तत्काल संवाद थाल्न थापालाई आग्रह गरेका हुन्।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र अन्य अग्रज नेताहरूसँग थापाले आफ्नै अग्रसरतामा वार्ता सुरु गर्नुपर्ने बताएका छन्। पार्टीको एकता अझै सम्भव रहेको उनको दाबी छ।
खड्काले भनेका छन्, ‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरी घोषणा गरेको १५औँ अधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्नुस्।’
उनका अनुसार दुई छुट्टाछुट्टै महाधिवेशनको प्रक्रिया अघि बढेमा त्यसले पार्टी विभाजनको अवस्था निम्त्याउन सक्नेछ। उनले कांग्रेस विभाजन रोक्न तत्काल संवाद र सहमतिको प्रयास आवश्यक रहेको बताएका छन्।
खड्काले गगन थापाले अहिले गरेको निर्णय वैशाखमै लिएको भए पार्टीलाई एकताबद्ध गर्न सहज हुने दाबी गरेका छन्। वैशाख २१ गते आफूहरूबीच भएको संवादपछि त्यही महिनामा निर्णय भएको भए जेठको पहिलो सातासम्म कांग्रेस एकताबद्ध भएर अघि बढ्न सक्ने उनको भनाइ छ।
उनले थापालाई विगतका घटनाक्रम र प्राप्त सुझावबारे गम्भीर आत्मसमीक्षा गर्दै पुनः कठोर संकल्प गर्न आग्रह गरेका छन्।
खड्काले कांग्रेसभित्रको विवादले अन्य राजनीतिक दलमा समेत विभाजनको अवस्था निम्तिन सक्ने दाबी गरेका छन्। कांग्रेस विभाजन भएको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य दलसमेत विभाजन हुन सक्ने उनको अनुमान छ।
उनले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्वको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको विषयमा समेत चिन्ता व्यक्त गरेका छन्।
खड्काले थापालाई कानुन, अदालतको निर्णय र पार्टी विधानका कारण कुनै समस्या नपर्ने भन्दै निर्णायक तथा साहसिक कदम चाल्न आग्रह गरेका छन्।
उनले आफू कुनै राजनीतिक महत्त्वाकांक्षाबाट मुक्त रहेको उल्लेख गर्दै कांग्रेसको एकताका लागि आवश्यक परे जस्तोसुकै त्याग गर्न र सहयोग गर्न तयार रहेको बताएका छन्।
खड्काको आग्रहका मुख्य दुई बुँदा—
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन २
ताजा नेपाल
२०८३ आश्विन १
ताजा नेपाल