Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनसँग होला त त्यो हिम्मत ?

काठमाडौं । नेपाली काँग्रेस यति लथालिंग बनेको छ त्यसको उदाहरण जताततै भेटिन्छन् । अब त पार्टी संस्थापनका नेताहरु नक्कली शरणर्थी काण्डमा पनि जोडिएका छन् । यस्तो अवस्थामा पनि काँग्रेसले आफूलाई शुद्धता अभियानमा अगाडि बढाउन सकेन भने इतिहासमा काँग्रेस सीमित नहोला भन्न सकिँदैन । सत्तारुढ दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ । आइतबार साँझ महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै स्टाटस लेखेपछि पार्टीभित्र गुम्सिएको असन्तुष्टि छताछुल्ल पोखिएको हो । सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षसहित महामन्त्री थापाले आफ्नै तयारी थालेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि बलियो साथ छ । कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालासँग पनि गगन सन्तुष्ट छैनन् । पार्टीको १४ औं महाधिवेशन भएको साढे १ वर्षसम्म पार्टीको भ्रातृ संगठनले पूर्णता नपाउनु, गत मंसिरमा भएको निर्वाचनको अझै समिक्षा नगर्नु, वैशाख १० को उपनिर्वाचनमा धक्का खानु लगायत कारणले पार्टी नेतृत्वप्रति ठूलो पंक्ति रुष्ट छ । देउवाले पार्टीको केन्द्रीय समितिलाई रोकेर आफ्नै निर्णयलाई नै लादिरहेका छन् । आफ्नो स्टाटसमा गगनले अब अति भएको भन्दै मौन नबस्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो ? अझै देउवाले कार्यशैली फेर्ने संकेत नदेखाएपछि महामन्त्री थापाले पार्टीभित्र तल्लो तहसम्म समानान्तर गतिविधि अगाडि बढाउने तयारी गरेको स्रोतको दाबी छ । उनले यस्तो तयारी गरिरहँदा धेरैको मनमा प्रश्न छ, अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिका के हुन्छ ? महामन्त्री शर्मा पनि आफूहरुले सोचेजस्तो गरेर पार्टी निर्माण गर्न नसकेको स्वीकार गर्छन् । शर्माले भने, अहिले पार्टीभित्रको विवाद चर्किएको पनि होइन, मिलेको पनि छैन । संगठनलाई रुपान्तरण गरेर जानुपर्छ भन्ने कुरामा छलफल भइरहेको छ । त्यो हामीले सोचेजस्तो स्पिडमा बढेको छैन । सोहीअनुरुप महामन्त्री थापाले प्रकट गरेको उनको बुझाइ छ । हरेक राजनीतिक दलमा समस्या आउनु र समाधान हुने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ । इतर समूहकै नेता धनराज गुरुङ महामन्त्री थापाले पार्टीमा अनिष्ट हुनेगरी कदम चाल्ने विश्वास आफूलाई नभएको बताउँछन् । महामन्त्री थापाले पार्टीमा समानान्तर गतिविधि थाल्ने वा पार्टी विभाजनतिर जाने संकेत गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, यो प्रश्न महामन्त्रीज्यूलाई नै सोध्नुहोला । उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ । त्यसो भएकाले उहाँले बोलेको बिषयमा मैले टिप्पणी गर्नु उचित हुँदैन । उनले पार्टीमा समानान्तर कमिटी र विभाजन हुन्छ जस्तो नलागेको प्रष्ट्याए । कांग्रेसका अर्का नेता गुरुराज घिमिरे महामन्त्री थापाले पार्टीलाई सोचेअनुसार चलाउन नपाएपछिको तीतो पोखेको बताउँछन् । फेसबुकमा ओकलेको आगो महामन्त्री थापाले पार्टी संस्थापनका गआडि पनि ओकल्न सक्लान् ? पार्टीलाई साच्चै जनताकाबीचमा पु¥याउने हो भने गगनहरुको विद्रोह आवश्यक छ होइन डा. आरजु राणाहरुकै हालीमुहाली चल्न दिने हो भने दाई भाउजुको जयजयकार गर्नुको विकल्प छैन ।


सम्बन्धित समाचार