Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनको पक्षमा किन छैनन् कोइराला

बिराटनगर। आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसबाट संस्थागत रूपमा सत्तारुढ दलहरूबीच चुनावी तालमेल हुने निर्णय भए पनि विगतदेखि नै तालमेलको विपक्षमा रहेका नेता डा शेखर कोइराला अझै पनि तालमेलको विपक्षमा देखिएका छन् । कांग्रेसको निर्णय पर्खिएर बसेका माओवादी, नेकपा एसलगायतका अन्य दलले उसको निर्णयपछि विभिन्न जिल्लामा धमाधम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक भइरहँदा कोइरालाले भने तालमेलविरुद्ध खबरदारी गरेका छन् । कोइरालाले तालमेलभित्रको आवश्यकता र औचित्य र स्थानीय तहलाई नै उम्मेदवार छनोट गर्न दिनुपर्ने अडान राख्दै आएका छन् । केन्द्रीय समितिमा आफूहरू बहुमत सदस्यबाट पेलिएको समेत गुनासो गर्दै उनले बिराटनगरका पत्रकारसंग आउँदो चुनावमा अन्य दलसँग गठबन्धन भए अप्ठेरो हुनेबारे खुलासा गरे। कोइरालाले केन्द्रीय समितिको बैठकले ‘तालमेल गर्न सकिनेछ’ भन्‍ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताएको छ ।