Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले शुक्रबार निर्वाचन आचारसंहित, २०७८ को उल्लघंन गर्दै राजधानी काठमाडौंमा सभाको आयोजना गरेका छन् ।
वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले सभाको आयोजना गरेका छन्
सभालाई पाँच दलिय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताले सम्बोधन गर्दैछन् ।
अहिले कार्यक्रमको मञ्चमा नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सृजना सिंह लगायतका नेताहरु रहेका छन् ।
निर्वाचन आचारसंहितामा सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै पनि किसिमको आमसभा, कोणसभा, भेला गर्नन हुने उल्लेख गरिएको छ । तर पाँच दलीय गठबन्धनले मुल सडक नै अवरुद्ध गरेर सभाको आयोजना गरेका छन् ।
‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,’ निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद २ को दफा ४ को ‘झ’ मा स्पष्ट शब्दमा भनिएको छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल