Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनले फुकाउँदैछ समस्याको गाँठो

काठमाडौं । सत्ता गठबन्धन दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू शुक्रबार पहिला छलफलमा जुट्ने छन्। उनीहरूबीच सहमतिपछि सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू आज दिउँसो १ बजे पुन छलफलमा बसेर सहमतिमा पुग्ने प्रयास गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।