Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गण्डकीमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो

काठमाडौँ । शनिबार बिहानै ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, नवलपरासी, म्याग्दी, स्याङ्जा, कास्की र बागलुङ्मा गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा सबैभन्दा धेरै २५ जना संक्रमित थपिएका छन् । यस्तै नवलपरासी ९नवलपुर०मा १६ जना, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बाग्लुङमा ८ जना रहेका छन्। निर्देशनालयका अनुसार, भारतबाट आएर क्वारिन्टिनमा बस्दै आएका उनीहरुलाई संक्रमण पोजेटिभ देखिएसँगै सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।